गुल्मीको निर्वाचन शान्तिपुर्ण ७० देखि७५ प्रतिशत मत खस्यो

प्रेम सुनार, गुल्मी, २०७४ असार १४ । गुल्मीमा आज दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । एकिन तथ्याङ्ग संकलन कार्य भई रहेको छ , गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पनि ७० देखि ७५ प्रतिशतको विचमा मतदान भएको प्रारिम्भक रिर्पोट प्राप्त भएको छ । उनले कतै कुनै किसिमका अबान्छित गतिविधी नभई शान्ति र शौहार्दपुर्ण स्थानिय निर्वाचन भएको दाबी गरे ।
एकिन खसेको मत संख्या बारे प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनी संग सम्पर्क राख्दा उनले आफु त्यसैका लागि व्यस्त भएकोले ६ वजे पछि मात्र सञ्चार माध्यमको सम्पर्कमा आउने व्यस्तता सुनाए । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका भित्र २०४० केन्द्र र १ सय ३८ मतदान स्थलमा मतदान भएको थियो ।
कुल १ लाख ८० हजार मतदाता रहेको स्थानिय तहको निर्वाचनमा २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा भन्दा जनताको बढि उत्साह देखियो र त्यस बेलाको भन्दा खसेको मत प्रतिशत पनि बढि नै देखिएको छ । पाँच वजे पछि हरेक मतदान केन्द्र र स्थलबाट मतपेटीका नगर र गाउँपालिकाको केन्द्रमा लगिदैछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *