म्यग्दीको बुद्धिविकास विद्यालय : घामलाग्दा त्रिपालमुनी, पानी पर्दा भागाभाग !

महेन्द्र केसी, म्याग्दी २०७४ असार १४ । भूकम्पले भत्कीएका विद्यालयको किष्र्क पुनर्निर्माण हुन नसक्दा अझै पनि विद्यार्थीहरु त्रिपालमुनि बसेर पढ्न बाध्य छन् । मनसुन सुरु भइसकेका कारण प्रचण्ड गर्मी भएको बेलामा पनि एक्कासी भारी वर्षा हुन्छ अनि फेरि एकैछिनमा घाम लाग्छ । जसरी घाम र पानी लुकामारी गर्छन् म्यग्दीको एक माध्यमिक विद्यालयका विद्यार्थीहरु पनि त्यही वर्षासँग लुकामारी गर्छन्। कारण हो त्रिपाल मुनिको विद्यालय ।

म्याग्दीको पश्चिम क्षेत्र धौलागिरि गाउँपालिका वडा नं। ४ मुदीमा रहेको बुद्धि विकास माविमा अध्ययनरत विद्यार्थीहरुको हरेक दिनको दैनिकी एउटै हो, विद्यालय जाने त्रिपालमुनि बसेर पढ्ने पानी परे त्रिपाल छोडेर भाग्ने घाम लागे फेरि त्रिपालमै आउने। विद्यालयमा रहेको पुरानो भवन भत्काएर नयाँ भवनको निर्माण चलिरहेकै बेला बर्खायाम समेत सुरु भएपछि विद्यार्थीहरु त्रिपालमुनि बस्न बाध्य छन्।विद्यर्थीहरु भन्छन् ‘यस्तो विधि गर्मी छ, दिनहुँ चर्को घाम लाग्छ, हावाहुरी चल्छ, एकैछिनमा गड्याङगुडुङ गर्दै ठूलो पानी पर्छ। हामी त्रिपालमुनि छौं, घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ, हावाहुरी चल्दा त्रिपाल च्यातिने तथा उडाउने डर छ।’ बाँस र काठको भरमा त्रिपालको छेउछाउका टुप्पामा डोरी बाँधेर बनाइएको छानो कति बेला भत्किन्छ र हावाले उडाइदिन्छ भन्ने त्रास मनभरी बोकेर उनीहरु विद्यालय आउने जाने गरिरहेका छन्। गएको असोजदेखि विद्यालयमा भवन निर्माणकार्य सुरु गरेपछि कक्षा ३, ४, ५, ७ र ८ का विद्यार्थीहरुलाई कक्षाकोठाको अभाव भएपछि वैकल्पिक उपायका रुपमा त्रिपालमुनि राख्ने गरिएको छ। जिल्ला शिक्षा कार्यालय म्याग्दीको साढे १३ लाख र ब्रिटिस गोर्खा वेलफेयर स्किमको १ करोड १० लाखको लागतमा ८ कोठे भवन निर्माण कार्य को थलानी गरिएको छ । तर समयमानै हुननसक्दा विद्यार्थी भने त्रिपालको छायँमा भविश्य बनाउन बाध्य छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *