यात्रा संस्मरण : घुम्टेको उकालो र मेरो सेल्फी

छबि चालिसे

घुम्टेको सिधा पारि मेरै मात्र गाँउ छ जस्तो लाग्थ्यो, जब म सेल्फी लिन मिल्ने मोबाईल वा क्यामरा लिएर घर पुग्थे, मैले मेरो आगनको डिलबाट आकाश् छोउका अग्ला चचुरासँग धेरै पटक सँगै टाँसिएका सेल्फि लिएकोछु, सामिप्यता बाँडेकोछु, उस्को र मेरो संम्बन्ध नव्किरण गरेकोछु। त्यो काल भन्दा पहिला सबै सेल्फि क्यामारा मोबाईल जे मा लियो त्यसैमा सिमित हुन्थे। तर यो पालि सधै जस्तो उस्लाई टाँसेर मात्र होईन, म त्यो चुचुरोमा उभिएर मेरो गाँउ लगायत त्यसको वरिपरि घुमेर सेल्फि लिन खोजेको थि, र मन मस्तिक हुदै कलममा लरखराउने रहर थियो। अरु जस्ले जे भनेर चिनुन म त्यसलाइ गल्कोट सभ्यताको द्योतक भनेर चिन्छु। रेसुङ्गाबाट पाँच बर्षका बालक भान्जा आएर तपस्या गरेको वाल तपसी स्थल भनेर चिनिने त्यो भुमि मेरो पनि बाल चिनारी र नजर जुझेको स्तम्भ पहाड हो । बुढा पुरानाको कथन र विस्वास अनुसार त्यो भुमि पाँच बर्षे बालक भन्जा आएर तपस्या गरेर स्वर्गलोक वा भगवानको शरणमा गएको भुमि भेटन् पाँच भाई पाण्डवहरुले पनि त्यो भुमि टेकेको भन्ने कथन पनि सुनेको छु । पाँच पाण्डवहरु जस्तो सत्यवादीले टेकेको भुमि, बाल तपस्वीले तपस्या गरेर फल प्राप्त गरेको पवित्र भुमि संग मेरो पनि व्यग्लै परिचय र चिनारी छ, उस्को र मेरो छुट्टै बुझाई छ, उ केबल अस्तित्व बोध गर्छ, म मस्तिस्क बोध गर्छु । उ पृथ्वी उत्पति(सत्ययुग)बर्तमान सँग नि:शब्द साक्षि बसेको छ।

बादल र कुईरो तगारो बनेन भने त्यो पहेलो सुन जस्तो टल्कने ढुङ्गे पहरो त्यस्को शिरमा सजिएका दुई गगन चुम्बि चुचुरा , एउटा कथन पानि छ त्यहाबाट भिमसिने रिसायर फालेको भिमसेन ढुङ्गो जस्को पिधमा बनेको ताल सङ्ग म जीवनको हुर्काईका धेरै पौडी खेलेको छु । त्यहि भिमसेन ढुङ्गोको राप लिएर सेकिएको छु । त्यो भिमसेन ढुङ्गोले पनि एउटा अर्को थप प्रमाणित गर्छ की, पाँच पाण्डबहरु पनि त्यो पवित्र तिर्थस्थलमा आएका रहेछन्। त्यहि बेला मौका छोपि पाँच बर्षको बालकलाई तपस्यामा परेको रिस को झोक फेरेका होलान, वीर भिमसेनले मलाई त्यस्तो लाग्छ, त्यो ढुङ्गा र घुम्टे पहाड सङ्ग परिचित भएको कारण पनि म यो आंकलन गर्न सकेको मात्र हो यथार्थ त केबल ती दुई अवाक्य पात्रहरु नै हुन ।

यो ऐतिहसिक गल्कोट उपत्यका भित्रको हरेक सजिव र अजिव क्रियाकलापको साक्षि बनेको स्तम्भको कांजल(कुटि चढेर सारा गल्कोटमा हिडेका हरेक पाईला चिहाउने औधि चाहना थियो, रहर थोयो, अत्यधिक उत्कण्ठा थियो । करिब १४।१५ वर्ष पहिला १५/१६ बर्षे उमेरमा यो हरफकार बुद्ध जयन्तिमा एसएलसीको परिक्षा पछि पास हुँ भन्ने मनोकांक्षा चढाउन गएको थिएँ । असाध्यै मिल्ने साथि-साथि भएर गरेको त्यो यात्रा पनि स्मरणिय नै थियो । ओरालोमा हुतुतुतत गरेर दौडेको, उकालोमा सट खोलेर हल्लाउदै कम्मरमा बाधेर हिडेको सम्झनामा केलाउदै यो यात्रा गरेको छु।

मेरो र ती दुई पहाड बिचका जिवित सम्बन्ध यो सानो यात्राले सम्वोधन गर्न नसक्ला, तर केहि चित्रण गर्ने जमर्को गरेको छु ।

अध्ययन अध्यापनको शिलशिलामा चितवन र युके बसाईमा ती ठुला मेरा बाल-सखी घुम्टे पहाड हेर्ने, स्पर्स गर्ने, चुम्बन गर्ने, तिर्खा मेटने र पुरानो सम्बन्ध नबिकरण गर्नु थियो । मेरो अफ्नो आत्मिक प्यास मेटाउन पनि म त्यो पहाड स्पर्श गर्नु थियो। लर्कदै-लर्कदै उकालो-ओरालो गर्नु थियो। धार्मिक मान्यता अनुरुप बाबाले म युके छदानै एउटा ईच्क्षा कामना उठाउनु भएको रहेछ । त्यो पनि मेरो लागि एउटा जानु नै पर्ने बाहना थियो, ईच्क्षा थियो । यसपालिको बुद्ध जयन्ति तिथि-मिति अनुसार जेष्ठमा धकेलिएको रहेछ । म जेष्ठको ५ गते चितवनबाट आमालाई लिएर घर चालिसे टोलाको लागि प्रस्थान गरे । हम्रो संस्कारिक परम्परा अनुसार घुम्टेमा पुजा-आजा, वलि ईत्यादि, बैशाख पुर्णिमाको अघिल्लो दिननै हुदों रहेछ । त्यो ऐतिहासिक भुमिको दर्शन, त्यहाँबाट सारा गल्कोट चिहाउने अत्यधिक लोभ, परिहरुले हल्लाएको पछ्यौरी हेर्ने र्तिसना, त्यो चुचुरोमा उभिएर आकास छोएर लिने सेल्फि। त्यो दिन एउटी सानी भान्जीले मामा ती त्यो चुचुरो बाट आकास छोईन्छ होला है ? भनेर सोद्धा म अझै त्यो घुम्टे चढ्न लालायित भएर मनमनै मुसुक्क हांसेर भने सायद तिम्रो आकास म भोलि छुन्छु होला।

अरु जस्तै म पनि बुद्ध पुर्णिमाको अगिल्लो दिन जाने सोचाईमा थिए, भैरबलाई उठाएको धजा-भेटी चढाएर आउने मनस्थितिमा थि ए। छर छिमेकका भाईबहिनीहरु पनि त्यहि दिन जाने तर्खरमा रहेछ्न मलाई पनि सङ्गै जाने अग्र्ह गरेका थिए, तर म भने मेरो आफ्नो दामल खोजिरहेको थिएँ । यसै बिच मेरा छिमेकी अधिकारी दाईले भन्नुभयो, आज भन्दा भोलि जांउला म पनि जान्छु, आज अलि धेरै भीडहुन्छ भन्नु भो, अझ हामी त घुम्टे म्याराथुनको लागि बनाएको बाटोबाट जान खोजेका थियौ। मलाई जसरि पनि त्यो उचाई चुम्नु थियो। डाडारी लोकनाथ, कुन्नली सेनोबा ९पितुराम्०, टंकनाथ अधिकारी र म २०७३ जेष्ठ ८ गते शनिबार बुद्ध जयन्तिको दिन ५.३० तिर घर बाट हिडें, आमा लेक लग्ला ख्याल गरेस भन्दै भित्र बाट चिच्चाउदै हुन्नथ्यो । बुब गोठालाई तिर गई सक्नु भएको थियो।

हामी गाँउको बाटो ओरालो झर्दै गर्दा गाऊका मानिसहरु यति बेला हिडेर घुम्टे पुगेर फर्कन सकिन्छ भन्दै थिए हामी नफर्के उतै कतै बास बसेर आउनु पर्ला भन्दै झ्वालाको मुख पुगियो । त्यहा बाट टंक सरहरु पनि माथि पाण्डवखानीमा हुने क्रायक्रमको लागि जाँदै हुनुहुदो रहेछ । माथि चाहिने सामान्य खाजा भुजा, चिसो-चासो सपिङ्ग गरेर ब्याग प्याक गरेर त्यहा बाट उकालो लाग्दा नै असाध्यै रमाईलो महसूस भएको
थियो। पितुराम अंकल अगाडि लँग्नु भयो , म ,लोकनाथ , र टके दाई अत्यन्त आत्मिक , सरस र भाब पुर्ण कुरा गर्दै गल्याङ् गाएलाई क्रस गरेर उकालो लागियो ।

गोड्खाला हुदै र्तागा पुग्दा सल्ले पिरल्ले मेरा खुट्टालाई उल्टो बाटो हिडांउन खोज्थ्यो । तमाम उकालो जहाँ आज मेरो पैतलाले टेकेका थिए त्यो ठाउलाई मेरो घरबाट म हरेक दिन-रात चिहाउने गर्थे , जुन ठाउमा मेरा जिव्नका हरेक पैतला हिडेका थिए । त्यो ठाउ आज म केहि पर क्षीतिज बाट चिहाउदै हिडेको थिए । मलाई केहि असहज भउको बुझ्नु भएछ कुन्नल सेनोबाले र र्तागाको सिरानमा रहेको धारोको सिढिंमा बसेर एक छिन पानि पईयो। त्यहाबाट हल्का फ्रेस भएर हामी उकालो लागेर टोक्रिको पुगियो। त्यहाँ पुग्दा करिब ८.०० बजेको थियो। त्यहाँ बाट पाण्ड्बखान जाने कच्च मोटरबाटो भेटियो हामी गाड नपाउरै हिडेर गउका थियौं । २०।२५ मिनेटको बाटो हिडेपछि हाम सेनो घुम्टेको भिर मुनि तेर्सो बाटो हुदै र्झिका पुगियो । र्झिका देउराल धजा चढायौ, त्यो देउराल उता पाण्ड्बखानी र यता गल्कोट छेडेको छेडो हो । त्यहाँ बाट हिडेर करिब नौ बजे सित्थान पुगियो, ठ्याक्कै लण्ड्नको जस्तो हावापान भएको ठाऊ सम्म परेको चउर, प्राकृतिक सुन्दरताले भरिएको सिद्धस्थान बस्न लायक नै रहेछ। हामी त्यहाँ बाट पनि यता उताको प्राकृीतक सुन्दरतामा रमाउदै गन्तब्यमा पुग्न उकालो लागियो। मौसम अनुकुल भएर आयो, पिँडौला नेर खुट्टा कांपेका थिए। सिम-सिम पानीले मेरा पसिनालाई ओभरट्याक गरिरहेको थियो। त्यहाबाट उकालो लाग्दै गर्दा हावापानी सारै मिठो लाग्यो ।

कुन्नलि सेनोबाले मेरो हिडाई सहज बनाउन एउटा लौरो खोज्दिनु भयो। जब म त्यो लौरो टेकेर उकालो उक्लन थाले अफुले केहि सहज गरेको अनुभुति गरे, त्यो लौरोले उकालोलाई सहि राहत दियो । केहि उकालो चढेर माथि देउराली नपुग्दै हामी दुई जनालाई खुब गह्रो महसुस भयो, माथी उक्लनै सकिएन ओठमुख सबै सुके तर आंट सुकेको थिएन । पितुराम अंकल , म , टके दाई लाई भन्दा लोकनाथलाई अलिक बढि गाह्रो भएको रहेछ्। लौरो टेक्दै, पहरा, लहरा, अनेक वृक्षहरु हेर्दै देउराली पुग्दा पनि सहि गाह्रो भएको थियो त्यहा धजा भेटि चढाएर केहि पसिना ओभाएसि हामी उकालो लागियो । उक्लदा लेक लागे जस्तो पनि हुन लाग्यो । ओढारमा बसेर केहि रेस्ट गर्यौ। स्प्राईट , कोकले घाँटी भिजायौ, नयाँ उर्जा पैदा भयो अब त त्यो चुचुराको दर्शन पक्का भय जस्तै आसा जागेर आयो । अलि बढिनै चिप्लो बाटो बांसको लौरो टेक्दै जब त्यो गहिरो छिचोलेर हामी उकालो केहि सहज महसुस गरेर चढ्दै थियौ। त्यो घुम्टेलेक सजाउने लाली गुराँसका बुट्टाहरु भने झ्याऊले कुरुप बनाएको थियो। लालिगुँरास त निखीसकेको थियो। घुम्टेको कुचो प्रसिद्ध छ कुचो काट्नेहरुले सबै बेतको बाँसको ठेटा मात्र बनाएका रहेछ्न । हाम्लाई टके दाई र कुन्नलि सेनोबा ले त्याहाका जडिबुटि चिनाउदै उकालो लाई रसपुण बनाउदै हिडाउनु भएको थियो।

सरल र रसपुर्ण हिडाईले नै हामी गोठ थरी पुग्यौ, फेरि अर्को छुट्टै मज्जा आयो। मानिसहरुको गनगनाहट बाक्लै थियो। कोहि पाखामा बिष , ठुलो औषधि खोज्दै थिए , कोहि सतुवा खोज्दै थिए , कोहि लेक लागेर लखतरान थिए । गोठथरीमा टहरा बनेका रहेछ्न्। अब त िआकाश छोएका चुचुरा चुम्ने बेला आयो मन निकै हर्षित भैरहेको थियो । अलि माथि पुगेर यसो तल हेर्दा सानो घुम्टे त तल बेसीमा एक्लै हुर्किएको सानो फुर्के सल्लोको टुप्पो जस्तो पो देखिदो रहेछ्, म एक छिन त्यसलाई हेरिरहे र २।४ वटा सेल्फी लिईहाले । कुईरो रबादल फारेर गल्कोट छ्याङ्ग नाङ्गो देखाईदियो। त्यो सारा उकालो चढ्दाको पसिना पुछिदियो, पीडा भुलाईदियो,हामीले खोजेको पनि त्यहि त थियो नि आखिर्। हामी मन खोलेर एका(एक सेल्फी र फुल पिक्चर लिन मस्त भईयो। हर्षित भईयो, मन असाध्यै रमायो, त्यो चुचुरोबाट आँखाले भेट्ने सम्म र क्यमराले भेट्ने सम्मको दृश्य कैद गरियो। ढुङ्गा माथिको दुबोमा पल्टेर भरपुर थकाई मेटेर हामी जुन बाहनाले र शक्तिले त्यो चुचुरोमा पुगेका थियौ। त्यो कर्मको लागि मन्दिर तिर लागियो। पहिला मैले श्रद्धा पूर्वक श्री सिद्देश्वर महादेबलाइ मनोकामना ईच्क्षा सहित भेटी धजा चढाए, अनि भैरबनाथको मन्दिरमा पनि बाले मनोकाङक्षाको लागि चढाएको केहि इच्क्षा मनोकमना सहित भेटी धजा चढाएँ, अनि त्यो गगन चुमेर बसेका चुचुरोबाट एक एक नियालेर हेर्न थाले । केहि समय म मेरो भट्को गेडो जत्रो देखिने गाँउलाई हेरिरहे।

केहि बेरको दर्शन पछि हामी त्यँहाबाट करिब १२ बजे ओरालो लागियो । त्यहा बाट टाढा-टाढा सम्मका मनमोहक दृष्य्हरु पनि देखिन्थे, म केबल गल्कोटतिरको भागमा अलि बढि नजर डुलाएको थिए । घुम्टे बिषलाई ठुलो औषधि भन्दा रहेछ्न, लाल जोडी लुक्ने पाखो छुट्टै रहेछ्, यो कुरा सेनोबाले भन्नु भाको । कुचो लेउने मान्छेहरुको कुरै नगरौ, एउटा बाजे लेकको साग खोज्दै हिडेका थिए , केहि मानिस सतुवाको खोजीमा पाखामा थिए । दर्शन गरेर सके पछि हामी गोठ थरिमा झरियो, जुका असाध्यै लाग्ने ठाँउ रहेछ त्यो , फुलेको ढ्कमक्क गुरास नभए पनी लोभ लाग्दा गुरासका हाङ्गाहरु हाङ्गा हाङ्गामा बसेर सेल्फि लिने जस्त्ता सुतेका गुरासका बुट्टाहरुले मन साह्रै लोभाएको थियो। भोकले लखतरान पारेको थियो, खुट्टाहरु काँपेका थिए, शरीर लेक लागेजस्तो झम्म भएको प्रबाह नगरि त्यो लेकको चुचुरो चढेको , मौसमले साथ दिएको क्लिन गल्कोट सहितको सेल्फी लिन पाएकोमा म अत्यन्तै हर्षित थिए, मन गदगद् थियो।

झोलामा आमाले बनाईदिएको रोटी भाङ्गाको चटनी, गाउको पुछारबाट किनेको खित्री मित्री थिए गोठ थरीको एउटा पाखामा बसेर झोला फुकाईयो, र चार जनाले एउटा रुमाल बिछ्यायर त्यहि रुमालको वरिपोरि काखल माडेर बसियो । खाजा रुमाल माथि खनाई, शुरु गरियो पेट पुजा पेट पुजाकै क्रममा त्यो घुम्टे लेकमा भेटिने महा औषधि बिष , सतुवा, बेलि बृक्ष ,गोठ थरि त्यहा पाईने अनेक जडिबुट्टिको हाम्रो जिज्ञासा सेनोबा र टकेदाईले मेटाउदै जानु भयो । अति सरस र अस्तित्व पुर्ण यात्रा गरेर फर्कियको अनुभुति भैरहेको थियो । टके दाईले हमीलाई सतुवा चिनाईदिनु भयो र २।३ बान पुग्ने सतुवा मैले पनि फेला पारे । अनि हामी दुखेको खुट्टालाई केहि सहज बाटो खोज्दै ओरालो लागियो । बिस्तारै बिस्तारै सिद्धस्थानको ठुलो चउरमा झरियो र केहि समय लम्पसार परेर आकाश गङ्गालाई चिहाएर उत्तानो परेर रेस्ट गरियो । केहि क्षणको बिश्राम पछि हल्का फेरि खाजा भुजा गरियो, बिहान टंक सरले फर्कदा हामी सङै फर्कौला भन्नु भएको थियो अंकल अनि टके दाईलाई त्यहि अश्वासन ले १/२ घण्टा गाडीको मेसो पर्छ कि भनेर फोन ट्राई गरेर बिताईयो। गाडी पाउने आश मारि हामी दुखेका खुट्टा खोच्याउदै अगि उकालो चढ्दा देखेका सम्पुर्ण दृष्य नविकरण गर्दै बेलुकीको खाना खाने गरि सजिलै घर सम्म आईपुगियो र घरको आगनमा बसेर जुनले उज्यालो पारेको घुम्टेमा फेरि एक अर्को सेल्फि खिचेर म सरासर भित्र ओछ्यानमा गएर आमाले पस्केको भातको थाल जुठो हाले । अस्तु,

छबि चालिसे
गल्कोट, चालिसेटोला ।
२०७४ असार १४ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *