एसइइको ट्यूसन पढ्न आउने निसी भुजीका विद्यार्थीको बुर्तिवाङमा घुँईचो !

कुम्बिर बिश्वकर्मा, बुर्तिबाङ २०७४ असार १४ । बागलुङ जिल्लाको क्षेत्र नम्बर ३ को केन्द्र रहेको बुर्तिबाङमा एसइइ (SEE) परीक्षा ग्रेड बृद्धि तयारीका लागी विभिन्न बिद्यालय तथा नगरपालिका,गाउँपालिकाबाट विद्यार्थीहरु अध्ययन गर्न आएको स्रोतले जानकारी दिएको छ।

बुर्तिबाङमा रहेको ब्राइट फ्यूचर अध्ययन केन्द्रमा ट्युसन पढ्नको लागि निसी ,बोबाङ, बोहरागाउ, जुग्जाखोला, देबिस्थान,अधिकारिचौर, बोङ्गादोभान, तमान, खुङ्गा, हुन्द्र्फेदी ,भिङगिठे, दर्लिङ, बुर्तिबाङ लगायतका ८ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्न आएबम छन।

२०७३ सालमा दिइएका एसइइ परीक्षामा विद्यार्थीहरुलाई प्रायः जसो गणित ,बिज्ञान ,अङ्ग्रेजी विषयमा कम ग्रेड आएको छ । उक्त बिषयमा ग्रेड वृद्धि गर्न को लागि एसइइ परीक्षा नियन्त्रण केन्द्रले साउन १९ गते देखि परीक्षा हुने बताएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *