काँडेवासका कृषकहरुलाई फलफुलका १ हजार विरुवा वितरण !

लक्ष्मण चालिसे, गल्कोट २०७४ असार १४ । गल्कोट नगर पालिका ८ चालिसेटोलामा फलफुलका बिरुवा बितरण गरिएको छ । जिल्ला भूसंरक्षण कार्यलय आर्थिक सहयोग र हरियाली महिला समूह ‘पावर’को समन्वयमा १ हजार फलफुलका बिरुवा बितरण गरिएको समुहले जानकारी दिएको छ । करिब ५० घरधुरी रहेको काडेबासको चालिसे टोलामा सुन्तला, कागती, जुनार लगायतका फलफुलका बिरुवा बितरण गरिएको वडा समन्वय समितिका सयोजक गोपाल चालिसेले बताए ।

जिल्लामा काडेबास सुन्तलाको पकेट क्षेत्र मानिदै आएकोमा पछिल्लो समयका युवाहरुपनि फलफुल खेतिमा लागेको युवा प्रेम अधिकारिले बताए । फलफुल बाटै बार्षिक ५ लाख भित्र्याउने गरिएको चालिसे टोलाका कृषकहरुले बताएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *