दोस्रो चरणको निर्वाचन अन्तर्गत तीन प्रदेशका स्थानीय तहमा मतदान सुरु

बागलुङ २०७४ असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ गरी ३ वटा प्रदेशका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा विहान ७ बजे देखी मतदान सुरु भएको छ ।

निर्वाचनमा १५ हजार ३८ प्रतिनिधिका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ भने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले आफो मताधिकारको प्रयोग गर्ने छन् ।

तीन प्रदेशमा ४ हजार ५८१ मतदानस्थलमा ८ हजार ३६४ मतदान केन्द्रको व्यबस्था गरिएको छ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *