प्रवास : कतार एकता समाजको दोहामा प्रशिक्षण कार्यक्रम सम्पन्न

उद्धव मगर, दोहा कतार २०७४ असार १४ । कतार नेपाली एकता समाज केन्द्रिय समितिले जुन २५ का दिन कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ ।

एकता समाजका प्रथम उपाध्यक्ष मदन श्रीसको अध्यक्षतामा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सञ्चालन विष्णु थापाले गरेका थिए ।

प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई रेणु चौलागाईले स्वागत गरेकी थिईन् ।

कार्यक्रमका प्रशिक्षक अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अजुनथापा, प्रशिक्षक सचिवालय सदस्य हेमन्त वाईवा, कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन मगर, र प्रथम उपाध्यक्ष मदन श्रीस मगरले प्रशिक्षण दिएका थिए ।

अन्तमा प्रशिक्षण कार्यक्रम सौहाद्रपूर्ण वातारणमा सम्पन्न भएको अध्यक्ष मदन श्रीसले घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *