अपडेट: गुल्मीमा चट्याङ लागेर ३ जनाको मृत्यु ३ जना गम्भीर घाईते, बागलुङमा एक जनाको मृत्यु

प्रेम सुनार, गुल्मी, २०७४ असार १३ । गुल्मीमा चट्याङ्घ लागेर ३ जनाको मृत्यु ३ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्वर ५ साविकको छापाहिले गाविसका २७ वर्षिय पदम थापा , धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलका ११ वर्षिय कमल थापा रहेका छन् ।

त्यमृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्वर ५ साविकको छापाहिले गाविसका २७ वर्षिय प्रदिप थापा , धुर्कोट गाउँपालिका ६ धुर्कोटरजस्थलका ११ वर्षिय कमल थापा र मदाने गाउँपालिका–३ , सिर्सेनीका २९ वर्षिय तुल्सीराम अर्याल रहेका छन् । अर्यालयलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याईएको र डाक्टरले गएराती साँझ मृतक घोषण गरेको जनाईएको छ ।

उनि सँगै चट्याङ्गले हानेर सोही गाउँका ३४ वर्षिय झविन्द्र पौड्याल र २४ वर्षिय पदम भट्टराई , ४४ वषिय राजु घर्ति गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता डिएसी महेन्द्र नेपालले जानकारी दिए ।

उनि सहित चट्याङले हानेर सोही गाउँका ३४ वर्षिय झविन्द्र पौड्याल र २४ वर्षिय पदम भट्टराई , ४४ वषिय राजु घर्ति गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । हिजो चट्याङ लागेर नाम खुल्न नसकेका गुल्मीकै अर्का एक जना गम्भीर घाईते भएर पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

यसैवीच बागलुङ जिल्लाको काठेखोला गाउपालिका- ६ हटियाका २३ वर्षिय युवकको चट्याङ लागेर मृत्यु भएको छ । हिँजो साँझ सवा ७ बजेको समयमा परेको चट्याङ लागेर जगदिश कँडेलको मृत्यु भएको हो । उनलाई स्थानीयले उपचारका लागि बागलुङ सदरमुकाम स्थित धौलागिरी अन्चल अस्पताल पुयाउदा चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक कँडेल हटिया स्थित अमर आधारभूत विद्यालयका प्रधानाध्यापक जगन्नाथ कँडेलका जेठा छोरा हुन् ।

तस्वीर- मृतक थापा र तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ११ वर्षिया वालक कुँवर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *