यसरी खोला वार-पार गर्छन मध्यपहाडी लोकमार्गमा चल्ने सवारी साधनहरु…

बागलुङ २०७४ असार १३ । मध्य वर्षा सुरु भैसक्दा सम्म मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका साविक ग्वालिचौर र दगातुंडाडा गाविस वीचको न्वार लव्दी खोलामा तीन चार वर्ष देखी निर्माणाधीन अवस्थामा रहेको मोटरेबल पुल अभैm सम्पन्न नहुनाले ज्यान हत्केलामा राखेर खोला वारपार गर्नुपर्ने अवस्था छ ।


निर्माणाधीन अवस्थामा रहेको मोटरेबल पुल
एकातिर रिघाको मनेवापाटाको पहिरोले मध्यपहाडी लोकमार्ग समय समयमा अवरुद्ध हुने गरेको छ भने अर्कोतिर लव्दी खोलाको पुल सम्पन्न नहुँदा यात्रुलाई सास्ती बेहोर्न बाध्य हुनु परेको हो ।

मध्य पहाडी लोकमार्गको नरेठाँटीको गौदी खोला, हटिया मल्म वीचको दरमखोला र भिङगिठेको भीङ खोलाको पुलपनि समय मै सम्पन्न नहुँदा यसरी नै यात्रुहरुले समस्या झेल्नु परेको थियो ।

लव्दी खोलामा सवारी साधनलाई डोरी बाँधेर ट्याक्टरले तान्ने र पछाडीबाट मानिसहरुले घुचेटेर खोला पार गराउनु पर्ने समस्या छ
ठेकेदारको चरम लापर्बाही र सरोकारवाला निकायको गैह्रजिम्मेवारीले गर्दा गौदी, दरम र भीङ खोलाका पुलहरु व्यापक जनदवाबका वीच सम्वन्धित ठेकेदार र सरोकारवाला निकायले बल्लबल्ल निर्माण सम्पन्न गरेका हुनाले सवारी साधनहरुको बागलुङ बुर्तिवाङ खण्डको लव्दी खोलाको पुुल केहि वर्ष देखी निर्माणाधीन अवस्थामा अलपत्र रहेर हाल आएर निर्माण कार्य भैरहेको छ । यो पुल सम्पन्न हुन अभैm केहि समय लाग्ने देखिएको छ ।

गौदी खोलामा ठेकदारले ३ वर्ष सम्म पुल निर्माण नगरिदिँदा यसरी सवारी साधन खोलामा पौडी खेलेर पार गर्थे ।
यतिबेला वर्षाका कारण लब्दी खोलामा पानीको बहाव बढेको र पुल निर्माण सम्पन्न भैनसक्दा सवारी साधनहरु वारपार गर्दा तस्वीरमा देखिए जस्तै सवारी साधनलाई डोरी बाँधेर ट्याक्टरले तान्ने र पछाडीबाट मानिसहरुले घुचेटेर खोला पार गराउनु पर्ने समस्या छ । यो आजै मंगलबार विहानको दृश्य हो । हिँजो असार १२ गते राति देखी गएको इन्टरनेट भरखर साँझ पौने ६ बजे मात्र आएकोले समाचार अपडेट गरिएको हो ।

तस्वीर- झरना कँडेल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *