गरगरे मैते खुङनाथुरी सिँचाई आयोजनाको नँया कार्यसमितीको गठन

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ असार १२ । ढोरपाटन नगरपालिका वडा नँ ५ नाथरीमा रहेको गरगरे मैते खुङनाथुरी सिँचाई आयोजना उपभोतmा समितीको छलफल एवम नँया कार्यसमितीको गठन कार्यक्रम आईतबार सम्पन्न भएको छ । स्थानीय कृषहरुलाई कृर्षि क्षेत्रमा प्रयोग हुँदै आएको आयोजना समितीको आयोजनामा आयोजित कार्यक्रमका अबसरमा बिबिध निर्णय सहित नँया कार्य समितीको गठन गरीएको छ ।

आयोजना सञ्चालन समिती अध्यक्ष चन्द्रकुमार गौतमको अध्यक्षतामा बसेको भेलाले सिँचाई मन्त्रालयबाट बाट सिँचाई कुलो मर्मतका लागि ३ लाख बजेट बनीयोजन भएका कारण सम्झौता गर्ने, ट्याङकी मुहान ब्यस्थापन गर्ने निर्णय गरिएको हो ।

भेलाले नँया कार्यसमितीको पुनर्गठन समेत गरेको हो । समितीको अध्यक्षमा शिवराज कँडेललाई चयन गर्दे ९ सदस्यि समितीको गठन गरीएको छ ।
समितीको सचिबमा जनकराज पाण्डे, कोषाध्ध्यक्ष देबकली पौडेल, सदस्यहरु शालीकराम कँडेल, सदस्यहरु शोभालाल गौतम, भुमिराज दर्जी, अनीता घर्ति, धनबहादुर पाण्डे, चन्द्र कुमार गौतम रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *