खर्वाङको तल्लो बजारमा ढल व्यवस्थापन गरिने

कमल पौडेल बागलुङ (खर्वाङ) २०७४ असार ११ । बडीगाड गाउँपालिकाको खर्वाङ बजार व्यवस्थापन समितिको आह्वानमा खर्वाङका स्थानियहरुको भेला खर्वाङमा सम्पन्न भएको छ।

भेलाले खर्वाङ तल्लो वजारको ढलपानी व्यावस्थापनको लागी तत्काल अस्थायी व्यावस्थापन गर्ने तथा मंसिरमा पूर्ण रुपमा नालीको व्यवस्था गर्ने, मध्येपहाडी लोकमार्गलाई तल्लो वजार जाने चोक व्यवस्थापन गर्न आग्रह गर्ने, मोटरवाटोमा छतवाट खस्ने पानीलाई व्यवस्थापन गर्ने, लगाएतका निर्णय गरेको छ।

बडीगाड गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद भुसाल, वडा सदस्य हिमा खरेल लगाएतको सहभागिता रहेको भेला बजार व्यवस्थापन समितिका अध्यक्ष टंक भुजेलको अध्यक्षता तथा सचिव महलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *