यस्तो छ गुल्मी जिल्लाभरका उमेदवार सहित गुल्मीको निर्वाचन सम्वन्धि सम्पुर्ण तथ्याङ्ग

प्रेम सुनार, गुल्मी, २०७४ असार ११ । गुल्मीमा यहि असार १४ गते हुन गई रहेको संशोधित दोश्रो चरणको स्थानिय तह निर्वाचनको सम्पुर्ण व्यवस्थापन कार्य तिव्ररुपमा अगाडी बढेको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनीले जानकारी दिएका छन् ।

शनिवार साँझ पत्रकारहरु संग भेटघाट कार्यकक्रमको आयोजना गरी जिल्लाभर उमेदवार दर्ता गर्नेहरुको संख्या लगायतका तयारीका विषयमा उनले जानकारी दिएका थिए ।
उनले दिएको जानकारी अनुसार २ वटा नगरपालिका र १० वटा गाउँपालिका सहित निर्वाचित हुने जम्मा ४ सय ८९ जनाका लागि १३ सय ८६ जनाको उमेदवारी परेको छ ।
ति सवै भन्दा बढि २ सय ४ जना उमेदवारी दिने रेसुङ्गा नगरपालिका परेको छ भने सवै भन्दा कम ७१ जना मात्रै उमदवारी दिने रुरु गाउँपालिका रहेको छ । त्यस्तै प्रमुख तिन दल मध्ये सवै भन्दा बढि नेपा एमालेल उमेदवार बनाएको छ । उसले ४ सय ८१ जना उमेदवार खडा गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ४ सय ५७ जना र नेकपा माओवादी केन्द्रले २ सय ७० जना उमेदवार बनाएको छ । विभिन्न स्थानिय तहमा के कति उमेदवार भन्ने सम्वन्धमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयको तथ्याङक यस प्रकार रहेको छ ।
***
–कुल मतदाता संख्याः १ लाख ८० हजार ७ सय ७५
–महिला मतदाताः ९४७५९
–पुरुष मतदाताः ८६०१५
–स्थानिय तहः २ नगरपालिका र १० गाउँपालिका
–वडा संख्याः ९३
मतदान केन्द्रः २४०
मतदान स्थल १३८
–गाउँ र नगर पालिकाहरुको मत संख्या लगायत ः
कालिगण्डकी गाउँपालिकाः वडा संख्या–७, मतदाता–१२६३४, मतदान स्थान–१० , केन्द्र–१७ , सदरमुकाम तम्घासबाट दुरी पुुर्व ( वागलुङ–, पर्वत, स्याङ्गजाको सिमाना ) ५८ कि.मि., क्षेत्रफल १०५.०३ वर्ग कि.मि.।
सत्यवती गा.पाः वडा संख्या–८ , मतदाता–१५५७१ स्थान–१४ केन्द्र–२० , दुरी–पुर्व ३३ कि.मि., क्षेत्रफलः ११६.९१ वर्ग कि.मि.
चन्द्रकोट गा.पा.वडा संख्या–८ , मतदाता संख्या–१३३९३, स्थान– १२, केन्द्र–२० , दुरी–सुदुर पुर्व ३१ कि.मि., क्षेत्रफल–१०५.०३ वर्ग कि.मि.।
मुसिकोट न.पा. वडा संख्या–९, मतदाता–१९४८५ (सवै भन्दा बढि ) स्थान १५ , केन्द्र २४ , पुर्वी उत्तर दुरी–२९ कि.मि., क्षेत्रफल –१०६.८३ वर्ग कि.मि.।
रुरु गा.पा. वडा संख्या–६ , मतदाता–१३५४२ , स्थान–११ , केन्द्र–१८ , दुरी–दक्षिण २९ कि.मि. , क्षेत्रफल–४७.३६ वर्ग किमि ।
छत्रकोट गा.पा.ः वडा संख्या–६ , मतदाता–१५५११ , स्थान–१० , केन्द्र–१८ , दुरी–दक्षिण २१.७२ किमि, क्षेत्रफल–८७.०१ वर्ग किमि ।
गुल्मीदरवार गा.पाः वडा–७ , मतदाता–१५३६७, स्थान–११, केन्द्र–१८, दुरी–दक्षिण १२ किमि, क्षेत्रफल–७९.९९ वर्ग किमि ।
रेसुङ्गा न.पाः वडा संख्या –१४ , मतदाता–१८३४१ , स्थान–१५ , केन्द्र–२८, दुरी–० किमि सदरमुकाम , क्षेत्रफल–८३.७२ वर्ग किमि ।
धुर्कोट गा.पाः वडा संख्या–७ , मतदाता–१५६४९, स्थान–११, केन्द्र–२१ , दुरी –पश्चिम १५ किमि, क्षेत्रफल–८६.३२ वर्ग किमि ।
मदाने गा.पाःवडा संख्या–७ , मतदाता–१३२७८ , स्थान–१०, केन्द्र–१९, दुरी–पश्चिम (अर्घाखाँची र प्युठानको सिमना )३३ किमि, क्षेत्रफल–९४.५२ वर्ग किमि ।
मालिका गा.पाः वडा संख्या–८ , मतदाता–१४१६४ , स्थान–११ , केन्द्र–१९ , दुरी (((उत्तर वाग्लुङ्गको सिमना ) ३६ किमि, क्षेत्रफल–१००.३६ वर्ग किमि ।
ईस्मा गा.पाः वडा संख्या–६ , मतदाता–१३८४०, स्थान–८ , केन्द्र –१८ , दुरी पश्चिम र उत्तर १८ किमि, क्षेत्रफल –८१.८८ ।

मुख्य प्रतिष्पर्धीः नेपाली कांग्रेस , नेकपा एमाले र माओवादी केन्द्र
क्रियाशिल राजनैतिक दलः ११ वटा
उमेदवारी दिने दलको संख्याः १३
जिल्लाभरका नगर र गाउँपालिका देखि वडा स्तर सम्मका उमेदवारहरुको नामावली जिल्ला निर्वाचन कार्यालयले यस प्रकार सार्वजानिक गरेको छ । सोही कार्यालयले पठाएको अर्को फोल्डर हेर्नु होला

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *