गुल्मीमा दुई जना पत्रकार वडाध्यक्षमा भिड्दै

प्रेम सुनार, गुल्मी, २०७४ असार ११ । गुल्मी जिल्लाका दर्जनौं क्रियाशील पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर १ , साविकको दिव्रुङ्घ गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट पत्रकार घनश्याम खरेल र रेसुङ्घा नगरपालिका वडा नम्वर ६ साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सहसचिव र विभिन्न सञ्चार माध्यमा आवद्ध छन भने मरासिनी सुराक पत्र साप्ताहिकका सम्पादक हुन् । दुवै पत्रकार विसवाईसे उमेरका युवाहरु हुन् । दुवै जनाले जित्ने दावी गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *