लोकगायक राजु परियारको ‘गुन्द्रुक संग ढिडो…’ लोक दोहोरी गीत बजारमा

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७४ असार ११ । नेपाली लोक संगीतको लागि आम दर्शक श्रोताको रोजाईका गायक हुन राजु परियार । लामो समय पछि फेरि करोडौ नेपालीहरूको मन छुने लोक दोहोरी गीत ‘गुन्द्रुक संग ढिडो’ बजारमा आएको छ ।

धन हुनेले जिउ भरि सुन लाउछन
मन हुनेले दुखमा गुन लाउछन
दुख पर्दा गुन लाएको
जा भएनि न बिर्से मायालु
गुन्द्रुक संग ढिडो खाएको …

ईश्वर बाबूको लय तथा उत्कृष्ट शब्द सृजना रहेको गीतमा राजु परियार र टिका निउरेको आवाज रहेको छ भने गीतको एरेन्ज झलक संगीतमले तयार पारेका हुन ।

गीतको म्युजिक भिडियोमा भने उनै सर्जक ईश्वर बाबू र बिना पाण्डेको उत्कृष्ट अभिनयमा तयार भएको गीतको निर्देशन रेसम सापकोटाले गरेका हुन । राहुल राईको छायांकनमा तयार पारिएको गीतको म्युजिक भिडियोको सम्पादन रोसन धितालको रहेको छ ।

गल्कोट म्युजिक प्रा।लि ले बजार व्यवस्थापन गरेको सो भिडियोमा समाजमा रहेको जातीय छुवाछुत र तल्लो उपल्लो वर्ग बिचको जातिय विभेदलाई देखाउन खोजिएको सो गीतको भिडियो म्युजिक नेपाल मार्फत युटुवमा बजारमा आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *