सिमसिमे पानीमा भिजेको तिम्रो पछ्यौरी याद आयो…

बनपाखामा साथीभाई घांसदाउरा गरेको याद आयो
मेलापात गर्दै लेकबाट बेसी तिर झरेको याद आयो !
*
जवानी चढेर होला सायद तिम्रै नजिक सरु जस्तो
मैले जिस्क्याउदा तिमीले आंखा तरेको याद आयो !
*
बर्षाको बेला उर्लिने ती खोला खहरेको याद आयो
सिमसिमे पानीमा भिजेको तिम्रो पछ्यौरी याद आयो !
*
अबिस्मरणीय ती पलहरु मानस्पटलमा अझै ताजै छन्
कम्मर माथी घैला राखी तिमीले पानी भरेको याद आयो !
***

झलक काउचा
बागलुङ
हाल दक्षिण कोरिया ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *