निसीमा आरान ब्यबसाय: एक महिनामा २० हजार कमाउछन भुलबहादुर बिक

कुम्बिर बिश्वकर्मा, बुर्तिवाङ २०७४ असार १०। बागलुङको पश्चिम् क्षेत्र निसीखोला गाउँपालिका को निसिमा आरान ब्यबसाय फस्टाएको ब्यबसायीहरु बताउछन।

त्यस्तै निसीका एक आरान ब्यबसायी भुल बहादुर बिश्वकर्मा भन्छन् यहाँ कृषकहरुले प्रयोगमा ल्याउने हसिया, खुकुरी , बन्चरो ,खुर्पा, डराती, कोदालो लगायतका सामाग्रीहरु मर्मत तथा बनाउन दिनानुदिन घुइँचो लाग्ने गर्दछ।

भुल बहादुर बिश्वकर्माले बिगत १५ २० बर्ष यता आरान ब्यबसाय गर्दै आएका छन । उनले आरान ब्यबसायवाट मासिक बीस हजार कमाउदै आएको बताए ।

भुल बहादुर बिश्वकर्मा जस्ता आरान ब्यबसायहरु निसीमा धेरै भएता पनि उनको आरान ब्यबसाय फस्टाएको छ।

भुल बहादुर बिश्वकर्मा मिहिनेती र समाजसेवी ब्यक्ती भएकाले उनी आफ्नो ब्यबसाय सङ्गै समासेवालाई पनि अगालेका छन । उनि समाजका हरेक दलितका मुद्दा उठाउनुका साथै स्थानीय चुनाबमा निसीखोला गाउँपालिका वार्ड नम्बर ५ को दलित सदस्यमा पनि बिजय हासिल गरेका छन। उनको जीवनबाट मिहिनेत गरे परिश्रम को फल पाइने रहेछ भन्ने बुझिन्छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *