गुल्मी मानकोटमा कांग्रेसीहरुले यसरी गरे माओवादी नेता रायमाझीको जय जयकार !(भिडियो)

प्रेम सुनार, गुल्मी, २०७४ असार १० । चुनावी दौडाहामा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोटमा पहिलो पटक आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई हर्दिनेटाका कांग्रेसले जयजयकार गरेका छन् ।

मानकोटमा नेकपा माओवादी केन्द्रको चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस र माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई दिगाममा सम्वोधन गर्न हिडेका नेता रायमाझीलाई फोनमा सहयोगी मार्फत बाटैमा रोक्न लगाएर कांग्रेसजनले चारतारे झण्डाले स्वागत गर्दै जयजयकार गरेका हुन् ।

एक जना बृद्ध व्राम्हणले स्वस्ती वाचन गर्दै नेता रायमाझीलाई आशिर्वाद दिएका थिए भने अन्य कांग्रेसजनले अविर र फुलमालाले सम्मान गरेका थिए ।

२० वर्ष सम्म एमालेले त्यस हर्दिनेटामा शासन गर्दा कांग्रेसजनलाई उत्पीडनमा राखेको आरोप लगाउँदै त्यहाँका कांग्रेजनले गुनासो गरेका थिए ।

छत्रकोट गाउँपालिकामा अहिले कांग्रेस माओवादी केन्द्र विच चुनावी तालमेल भए पछि जुर्माराएका कांग्रेसनले माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी झै विकासे नेता हुनु पर्नेमा जोड दिए ।

नेता रायमाझीले त्यहाँबाट दिगामको संयुक्त सभालाई सम्वोधन गर्दै आफु मात्र विकासे नेता नभएर नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि विकासे नेता भएको र उहाँलाई पनि विकासे नेता नै भन्न सवै संग आग्रह गरेका थिए ।

उता रुरु गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रको तालमेल पछि त्यहाँका कांग्रेसजन पनि जुर्मुराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *