तरकारी उत्पादन तथा रोग किरा नियन्त्रण सम्बन्धि तलिम सुरु

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७४ असार १० । ढोरपाटन नगरपालिकाको वडा नं।५ नाथुरीमा तरकारी उत्पादन तथा रोग किरा नियन्त्रण सम्बन्धि २ दिने तलिम हिँजो शुक्रबारबाट सुरु भएको छ । जिल्ला कृषि विकास कार्यलय बाग्लुङको आयोजना र सहयोगमा उक्त तालिम सञ्चालन भएको हो ।
तालिमको पहिलो दिन नाथुरीका ३० जना व्यवसायिक कृषकहरुको उपस्थिति थियो । शुक्रवार तरकारी उत्पादन सम्बन्धि तालिम दिइएको थियो । तालिमको सहजिकरण वडा प्राविधिक कृषि सहायक महेन्द्र अधिकारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *