बडीगाड गाँउँपालिका वडा नं. २ का ५ जना जेष्ठ नागरिक सम्मानित

कमल पौडेल, बागलुङ २०७४ असार १० । बडीगाड गाउँपालिका वडा नं. २ वडा कार्यालयको आयोजनामा वडा भित्रका ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ।

शुक्रवार आयोजित विशेष कार्यक्रममा वडाका ९४ वर्षका गोविन्द पाध्य, ९० वर्षिय निमा कुमारी घिमिरे, ८७ वर्षिय लक्ष्मी अर्याल, ९३ वर्षिय नन्दराम थापा, ८९ वर्षिया पार्वती वलामीलाई सम्मानित गर्दै वडा अध्यक्ष विष्णु भुसालले जेष्ठ नागरिकहरुले सम्मान पूर्वक वाँच्न पाउनु पर्ने भन्दै आफू सदैव जेष्ठ नागरिक लगाएत असहायको पक्षमा लडिरहने वताएका थिए।

कार्यक्रममा पशु सेवा केन्द्रका प्रमुख महेन्द्र पन्थी, कृषि सेवा केन्द्रका प्रमुख गोविन्द ठकुल्ला, वडा सचिव गीता पौडेल, सामाजिक परिचालक गिता पोखरेल लगाएतको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *