गल्कोट नगरपालिका- ११ वडाका टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

कमल पौडेल, गल्कोट २०७४ असार १० । गल्कोट नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणालीबाट वितरण गर्न सुरु गरिएको समाचार प्रकाशमा आइरहेको बेलामा वडा नं. ११ रिघा को वडा कार्यालयको आयोजनामा रिघाकै खिरदी, मनेवा, तथा पाटामा आर्थिक वर्ष ०७३/७४ को सामाजिक सुरक्षा, पोषण तथा अपांगता भत्ता शुक्रवार देखी वितरण सुरु गरिएको छ। सो कार्यक्रममा वडा सचिव कर्म प्रसाद गौतम सहित, वडा अध्यक्ष डम्वर वहादुर श्रीस, सदस्यहरु श्याम श्रीस, माया सिंजाली, लगाएतको सहभागिता रहेको थियो।

सो अवसरमा स्थानिय पञ्जिकरणको काम तथा योजना संकलन पनि गरिएको थियो। यस्तै आज शनिवार सानो रिघा र आइतवार ठूलो रिघाको वडा कार्यालयवाट सोहि सेवा उपलब्ध गराउने वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिए । श्रीसले वडा अध्यक्षमा निर्वाचित भए लगत्तै टोलटोलमा पुगेर सेवा दिन सुरु गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *