पश्चिम क्षेत्रका नगर र गाउपालिकाका महिलाकालागि सशक्तिकरण कार्यक्रम

छविलाल पाण्डे बुर्तिवाङ २०७४ असार ९ । साँसद क्षेत्र बिकास कोष मार्फतको कार्यक्रम अन्र्तगत बागलुङको पश्चिमी क्षेत्रका बिभिन्न स्थानमा महिला सशक्तिकरण , नेतृत्व बिकास सँगै कृषकहरुलाई बिउबिजन तथा पँक्षी बितरण कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

बिगत दुई हप्ता देखि सुरु भएको कार्यक्रमका अबसरमा जिल्लाको ढोरपाटन नगरपालीका स्थित बुर्तिबाङ, अधिकारीचौर, बोबाङ, निसिखोला गाँउपालीकाको निसी, तमान गाँउपालिकाको खुखानीमा कार्यक्रम सकिएको र शुक्रबार बडीगाड गाँउपलिकाको खर्वाङमा अल्पसँखयक जातीलाई कुखुराका चल्ला बितरण गरी यस बर्षका कार्यक्रम सकिने साम्सद ज्ञानकुमारी छन्त्यालले बताईन ।

बिशेष गरी महिलाहरुलाई सक्षम, आत्मनिर्भर र सशक्तिकरण सहित हरेक कार्यमा नेतृत्व बहन गराउने उदेश्य सहित प्रत्यक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरुलाई थप अगाडि बद्न सहयोग प्रयाउने उदेश्य सहित बिगत तिन बर्ष देखि निरन्तर क्षेत्र नँ ३ का बिभिन्न स्थानमा कार्यक्रम गरीरहेको सांसद छन्त्यालको भनाई थियो ।

जिविस अन्र्तगत सासद क्षेत्र बिकास कोषको सहयोगमा सञ्चालीत कार्यक्रममा आमा मिलन केन्द्र, सत्कर्म नेपाल र महिला मानब अधिकार सक्षक सञ्जाल बागलुङको सँयुत आयोजनामा कार्यक्रम भएका हुन् ।

बिभिन्न स्थानमा भएका कार्यक्रम अन्र्तगत विहीवार ढोरपाटन नगरपालीकाको वडा नँ २ सिमलचौरमा रहेका अल्पसँख्यक कुमाल समुदायका महिलाहरुका लागि आत्मनिर्भर गराउने उदेश्य सहित बुर्तिबाङमा २६ जनालाई गिरीराज जातको कुखुराका चल्ला बितरण गरीएको छ ।

प्रति परीवार ७ वटाका दरले उतm परीणाममा चल्ला बितरण गर्दे दिगो रुपमा ब्यबस्थापन सहित कुखुरा पालनबाटै आत्मनिर्भर बन्न साँसद छन्त्यालले सहभागि महिलाहरुलाई आग्रह गरिन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद ज्ञान कुमारी छन्त्यालले गरिब दलित, एक्कल र अल्पसंख्यक महिलाहरुले ब्यबसाय गरि महिलाहरुलाई आत्मनिर्भर हुन सहयोग पुर्यनउने बताईन ।

सो अवसरमा सांसद छन्त्यालले दुई समुहमा पाचसय उन्नत दुई हप्ता पुगेको जातको कुखुरा चल्ला बितरण गरेकी थिईन् ।

त्यस्तै बुधबार बुर्तिबाङ बजार क्षेत्रमा रहेका ३० जना एकल महिलाहरुका लागि पनी आत्मनिर्भर बनाउने उदेश्य सहित प्रति ब्यातिm १० वटाका दरले चल्ला बितरण गरीएको थियो ।

कार्यक्रममा बोल्ने महिलाहरुले सांसद बिकास कोषको कार्यक्रम बापत महिलाहरुको निम्ती आयोजित यस्ता कार्यक्रमले आफुहरुलाई समाज रुपान्तरणमा उल्लेख्य भुमिका निर्वाह गर्ने बताएका थिए ।

दुई हप्ता पालिएका गिरीराज कुखुराका चल्ला बितरण सँगै ६ महिना सम्म राम्रो सँग स्याहार गरेमा अण्डा , चल्ला दिने बताउँदै उचित तवरले सदुपयोग गर्न आग्रह गरिएको थियो ।

त्यस्तै निसीखोला गाँउपालिकामा सोमबार र मँगलबार दुई दिन सम्म महिला सशतिmकरण एवम नेतृत्व बिकास सम्बिन्ध तालीमका साथै स्थानीय ८५ जना महिलाहरुका लागि तरकारीका बिउबिजन बितरण गरीएको थियो ।

त्यस्तै तमान गाँउपालीकामा महिलाहरुलाई सशतिmकरण तालीम सँगै बिउबिजन बितरण गरीएको थियो भने ढोरपाटन नगरपलीकाको वडा नँ ६ र ७ ८ मा महिला सशतिmकरण सँगै नेतृत्व बिकास तालीम एवम तरकारीका बिउपल बितरण र ढोरपाटन नगरपालीकाको वडा नँ ५ र ६ मा स्थानीय ३० जना कृषकहरुलाई प्रति कृषक १० हजार रुपैया बराबरको टनेल र अन्य कृषकहरुका लागि समेत तरकारीका बिउपल बितरण गरिएको थियो ।

आज शुक्रबार वडीगाड गाँउपालिकोको खर्वाङ क्षेत्रमा रहेका अल्पसँख्यक कुमाल समुदायका लागि गिरीराज कुखुराका चल्ला बितरण कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *