दमौलीमा दुई दिवसीय महिला सशक्तिकरण र आयआर्जन तालिमको समापन

दमौली २०७४ असार ९ । व्यास नगरपालिकाको सहयोगमा सन्तोष होटलको सभाकक्ष दमौलीमा व्यास न.पा ११ महिला समुहद्वारा आयोजित दुई दिवसीय महिला सशक्तिकरण र आयआर्जन तालिमको आज समापन भएको छ । समापन कार्यक्रम व्यास न.पा ११ का वडा अध्यक्ष नीर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रशिक्षणको अनुभव व्यक्त गर्दै वडाध्यक्ष खड्काले प्रशिक्षणबाट जीवनयापनको लागि थप उर्जाहरु प्राप्त भएको बताए ।

महिलाका गुण विशेषता, समस्याहरुको समाधान परिवर्तन शक्ति, सकारात्मक सोच आदि विषयहरुमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्का र राजयोग केन्द्र दमौलीकी संचालिका ब्रह्माकुमारी यमुनाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष खडकाले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रशिक्षणमा २७ जना महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *