अपडेट: पहिरोले प्रहरी भ्यान र ट्रक त्रिशुलीमा : मृत्यु हने चारै जना प्रहरीको शव भेटियो

चितवन, २०७४ असार ९ । हिँजो राति ११ बजे देखी अवरुद्ध बनेको नारायणगढ-मुग्लिङ सडक निरीक्षण गर्न प्रहरी टोलीलाई लिएर गएको बा १ झ १३९० प्रहरी भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक राति १ बजे कालीखोलामा आएको पहिरोले पुर्दा भ्यानमा सवार चारै जना प्रहरीको शव भेटिएको छ । प्रहरी भ्यान र ट्रक त्रिशुली नदीमा खसेर बगाएको छ ।

अवरुद्ध सडक निरीक्षण पछी फर्कदै गर्दा प्रहरी भ्यान पहिरोमा पुरिएको हो । पहिरोले पुरिएर मृत्यु हुनेहरुमा प्रसनि निश्चल तामाङ र प्रहरी जवान दीपक मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ रहेका छन् ।

ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *