बुर्तिवाङ नगर विकास समितिको स्वागत र विदाई कार्यक्रम सम्पन्न

छविलाल पाण्डे बुर्तिबाङ २०७४ असार ८ । बुर्तिवाङ नगर विकास समितिका नवनियुक्त अध्यक्ष मेषलाल शर्माल निवर्तमान समितीले गरीरहेको कार्यलाई पुरा गर्ने र सबैको सहमतीबाट नँया योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहिबार नगर बिकास समितीको निबर्तमान समितीलाई बिदाई तथा नँया समिती पदाधिकारीलाई स्वागत कार्यक्रममा शर्माले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

समितिव्दारा आज आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष अर्जुन शेरचन सहित अन्य पदाधिकारीलाई खादा र अबिर लगाएर बिढाई गरीएको थियो ।

त्यस्तै नँया समितीमा मनोनीत भएका अध्यक्ष शर्मा सहित पदाधिकारीलाई स्वागत गरीएको छ । नँया पदाधिकारीमा नेपाली काँग्रेसबाट शालिकराम शर्मा, केयरसिँह गुरुङ, अशोक बिक, बिनोद भण्डारी, नविन शेरचन, धनसरी कँडेल, रहेका छन् ।

नेकपा एमालेका केशर छन्त्याल माओबादी केन्द्रका भिम गौतम, राप्रपाका निम बहादुर भण्डारी, सहित पदेन सदस्यमा एकिकृत सेवा केन्द्र प्रमुख जनक थापा, मालपोत कार्यलय प्रमुख नारायण शर्मा, नापि कार्यालय प्रमुख प्रकाश घिमिरे, जिल्ला बिकास अधिकारी, स्थानीय बिकास अधिकारी लगाएतको समिती बन्ने प्रकृया रहन्छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष अर्जुन शेरचनले बोल्दै आफुले धेरै योजनाका साथ काम गरीरहेको र सोँचेजती काम गर्ने जटिल भएपनी आफुले गरेका कामलाई जनताले मुल्याङकन गर्नुपर्ने बताए ।

कार्यक्रममा सांसद ज्ञानकुमारी छन्त्याल, ढोरपाटन नगरपालिकामन प्रमुख देब कुमार नेपाली, वडा नँ १, २ ३ का अध्यक्ष, नँया शहर आयोजनाका प्रतिनीधि, पत्रकार लगाएको उपश्थिती रहेको कार्यक्रममा नँया शहर आयोजना प्रमुख प्रबिण प्रताप अधिकारीले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *