पुलामी हत्या मुद्दामा चार वर्ष थुना परेपछी सर्वोच्चबाट सफाई

बागलुङ २०७४ असार ८ । साविक अमलाचौर गाविस–५ स्थायी घर भएका एकीकृत नेकपा माओवादीका बागलुङ जिल्ला सचिवालय सदस्य विष्णु पुलामीको कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैदको सँजाय भोगीरहेका टिके सार्की भनिने टिकाबहादुर हरिजन सर्वोच्च अदालतको फैसलाबाट सफाई पाएका छन् ।

पुलामी कुश्मीसेरा ६ सिरुबारीको कुलोमा मृत अवस्थामा फेला परेका थिए ।

बागलुङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश डिल्ली रमण तिवारीबाट २०७० पुस २३ गते मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ को ३ नं अनसार सर्वस्व सहित जन्म कैदको फैसला भएको थियो भने पुनरावेदन अदालत बागलुङबाट जिल्ला अदालतकै फैसला सदर भएर सार्कीले सजायँ भोगिरहेका थिए ।

हरिजनलाई सर्वोच्च अदालतको पत्र आएपछि बिहिबार थुना मुक्त गरिएको कारागार शाखा बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *