गल्कोट दुदिलाभाटीका कृषकहरु व्यवसायिक किवी खेती तर्फ आकर्षित

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असार ८ । गलकोट नगरपालिका १ दुदिलाभाटीमा १ हजार किवीका बिरुवा लगाईएको छ । परीक्षणका रुपमा सुरु गरिएको किवी खेती सफल भएपछि दुदिलाभाटीका कृषकहरु किवी खेतितर्फ लागेका हुन ।

जिल्ला कृषि विकास कार्यालय बागलुङले दुदिलाभाटीमा किवीको सम्भावनाबारे बताएपछि गत केहि बर्षदेखि त्यहाँका किसानहरुले किवी खेति सुरु गरेका हुन । २०७१ सालमा परीक्षणका रुपमा दुदिलाभाटी, टोड्के, चौराह, काफलठुटा लगायतका ठाउमा ३/४ सय किवीका बोट लगाईएको थियो । धेरैजसो किसानले गरेको खेति सफल भएपछि यस बर्ष दुदिलाभाटीका करिब ३० जना कृषकले १ हजार भन्दा बढी किवीका बिरुवा लगाएका छन ।

ब्यवसायीक रुपमा खेति सुरु गरेका गणेश खत्रीले २ सय ५०, सन्त बहादु्र बुढाथोकीले १ सय ८०, लाल बहादुर रानाले करिब ५० बिरुवा लगाएको कृषि बन तथा वातावरण समिति दुदिलाभाटीका अध्यक्ष समेत रहेका रानाले ईबागलुङलाई बताए । रानाले सुरुवाती चरणमा मात्र २२ बोटबाट २ क्विन्टल बढीे फल उत्पादन गरेको बताए । उत्पादित किवी स्थानिय घरगाउ सँगै पोखरा सम्म बिक्रि गरेको रानाको भनाई छ ।
कृषि बिज्ञहरुले ४ बर्ष पुगेपछि फल दिने बताए पनि २ बर्षमै फल लागेपछि बाँकी ठाउका कृषकहरुले समेत खेति गर्ने बताएका छन ।

परीक्षणको रुपमा लगाएको किवीमा फल लागेपछि आशा पलाएको छ” कृषक गणेश खत्रीले भने लगानी अनुसारको उत्पादन हुने भएकाले ब्यवसायीक खेति गरेको हुँ । नेपाली बजारमा प्रतिकिलो रु ८०० सम्ममा बिक्री हुने किबीको स्थानिय घरघाउमा भने ४ सयका दरले बिक्रि गरेको कृषकको भनाई छ ।

रोपेको तीन वर्षदेखि फल दिने किबीले लगातार ८५ वर्षसम्म आम्दानी दिने भएकाले आफू यसमा आकर्षित भएको खत्रीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *