स्थानीय निकायहरुमा सुरु भयो, सुविधा लिने होडबाजी !

बागलुङ २०७४ असार ८ । स्थानीय तहको निर्वाचनको चुनाव प्रचारका क्रममा विजयी भएपछी कुनैपनि सरकारी सुविधा नलिने उदघोष गरिरहेका उमेदवारहरु चुनाव जितेर पदासीन भए लगत्तै सुविधा लिने हानथापमा छन् ।

विभिन्न नगर तथा गाउपालिकाहरुमा बृद्धभत्ता लगायत विभिन्न सुविधा बढाउने निर्णय गरिएका छन् । यसप्रकार निर्णय नगर्न स्थानीय विकास मन्त्रालयले सचेत गराएको छ । तैपनि सुख सुविधाकालागी जनप्रतिनिधीहरुले धमाधम निर्णय गर्ने सिलसिला थामिएको छैन ।

यस्को पछिल्लो उदाहरण बनेको छ, काठमाडौँ महानगरपालिका । महानगरपालिकाका मेयर र उपमेयरलाई आफुले रोजेको मोबाईल खरीद गर्न सुविधा दिईएको छ भने नगरकार्यपालिका ३२ वडाध्यक्ष र ८ सदस्यलाई जनही रु ३० हजारले मोबाईल खरीद गर्न रकम विनियोजन गरिएको छ । मेयर उपमेयरले त मोबाईलको बिलमा उठेको रकम पनि पाउने निर्णय गरिएको छ ।

मुलुकको राजधानी रहेको काठमाडौ महानगरपालिकाका प्रतिनिधीहरुले गरेको मोबाईल सुविधा लिने निर्णयले मुलुकभरका उपमहा नगरपालिका देखी गाउपालिका सम्म तरंग ल्याएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउपालिकामा रु १५ लाखको अफिस सामान खरीद गरेको भन्दै गत जेठ २८ गते बसेको बैठकमा त्यसलाई अनुमोदन गराउने प्रयास गरेपछी आर्थिक चलखेलको दुर्गन्ध बाहिर आएको छ ।

बैठकमा आर्थिक नियम अनुसार टेण्डर या कोटेशनव्दारा खरीद गर्नु पर्ने प्रशंग उठे पछी कार्यकारी अधिकृतले निर्णय पुस्तिकामा दुई पन्ना खाली राखी पदाधिकारीहरुको हस्ताक्षर गराएका थिए । केहि वडा अध्यक्षहरुले यो कुरा थाहा पाएर गाउपालिका प्रमुख तारानाथ पौडेललाई यसको जानकारी गराएका थिए । प्रमुख पौडेलले कार्यकारी अधिकृतसंग निर्णय पुस्तिका मागेर खाली दुईपन्ना केरेका थिए ।
तर उनले किन निर्णय पुस्तिकामा दुई पन्ना खाली राखेर झुक्काएर हस्ताक्षर गराएको भनेर एकाखर नसोधेकोमा अन्य पदाधिकारीहरु अहिले आएर पौडेलमाथीपनि शंका व्यक्त गर्न थालेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *