दुबईबाट आएका बागलुङका हरिजन त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौ २०७४ असार ८ । दुबई एअरलाईन्सको उडानबाट काठमाडौ आएका बागलुङ नगरपालिका-११ रायडाँडाका राजु हरिजन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा बागलुङ रायडाँडाका २७ वर्षीय राजु हरिजनसँग सुन करीव १ सय २० ग्राम, ल्यापटप ४ थान, आइफोन ६ थान र मोवाइल २ थान सामान लिँदै गरेको अवस्थामा काठमाडौं चावहिल बस्ने खोटाङ मसुवागढीका ४५ वर्षीय लक्ष्मी आचार्य र काठमाडौं बौद्ध बस्ने दोलखा, जिरी नगरपालिका–३ का १९ वर्षीय रोशन बस्नेत सहित ३ जानलाई प्रहरीले पक्राउ गरेको हो ।

निजहरुमाथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *