मल्म-पाण्डवखानी सडकको स्तरोन्नति सुरु

थम्मन थापा सन्देश, गल्कोट २०७४ असार ७ । विसं २०६१ सालमा निर्माण भएको बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु गरिएको छ । डिभिजन सडक कार्यालय बागलुङबाट विनियोजित रु ३३ लाखको लागतमा स्तरोन्नति सुरु भएको हो । विष्णु निर्माण सेवा गलकोट नगरपालिका ७ ले निर्माणको जिम्मा लिएको छ । अहिले आॅगाखेत देखि सप्ताहघाट सम्मको १४०० मिटर सडकको स्तरोन्नति कार्य चलिरहेको छ । ७ मिटरको चौडाई अनुरुप सडकमा कटिङ, फिलिङ र सॉघुरो ठाउॅमा जाली भर्ने काम भईरहेको निर्माण कम्पनीका सञ्चालक कृष्ण अधिकारीले जानकारी दिए । पहिला सॉघुरो सडक एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भईरहेको सडकलाई फराकिलो बनाई दोहोरो रुपमा गाडी सञ्चालन गर्ने योजना अनुरुप काम भईरहेको सडक उपभोक्ता समितिले जनाएको छ । पहिलो चरणको सडक स्तरोन्नतिको काम असार मसान्त भित्र सक्ने लक्ष्य रहेको बताईएको छ ।

सडक निर्माण भएपछि २०६१ साल देखि सडकमा जीप, ट्याकटर, मोटरसाईकल र पिकअप मात्र गुडने गरेका थिए । सडक निर्माण भएपनि बिगत देखि नै स्थानियबासीलाई यातायातका धेरै जसो सेवा सुविधाबाट स्थानियहरु वञ्चित हुन परेको थियो । अब सडक फराकिलो बनाईएको छ । ग्रेड मिलेपछि बस, ट्रक, ट्रिपर, ट्याक्सी, कार समेत सहजै गुडने गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए ।

उक्त सडकमा बस ट्रक सञ्चालनमा नआउॅदा यात्रुहरुले गाडी भाडा महॅगो तिर्नु पर्ने, भनेको समयमा गाडी नपाउने र गाडी नै रिर्जव गर्नुपर्ने बाध्यता रहेको थियो । अहिले सडक स्तरोन्नतिको निमित्त २ वटा स्काभेटर प्रयोग गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *