अधिकारीचौरको सहिखोलामा जनजाति विद्यार्थीका लागि आयोजित फोटो पत्रकारिता तालिम सम्पन्न

सुमन सुनार, बुर्तिवाङ २०७४ असार ७ । ढोरपाटन नगरपालिका—५, सहिखोलामा जनजाति विद्यार्थीहरुका लागि २ दिने आधारभूत फोटो पत्रकारिता तालिम आज बुधवार सम्पन्न भएको छ ।

आदिवासी जनजाति गाउँ समन्वय समिति अधिकारीचौरको आयोजनामा मंगलबारदेखि शुरु गरिएको तालिमको आज समापन कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिका— वडा नं ५ का अध्यक्ष लक्ष्मण पुनमगरले कितापी ज्ञानमा मात्र सीमित नुहन विद्यार्थीहरुलाई आग्रह गर्दै फोटोको माध्यमबाट पनि समाजमा चेतना तथा सन्देश दिन सकिने भएको कारण विद्यार्थीहरुलाई फोटो पत्रकारितातर्फ पनि झुकाव राख्न आग्रह गरे ।
कार्यक्रममा साविक अधिकारीचौरका सचिव कमलप्रसाद कँडेल, तालिमका प्रशिक्षक सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, कृषि प्राविधिक महेन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा पनि लागु गर्न आग्रह गरेका थिए ।

त्यसैगरी तालिमकै अवसरमा विद्यार्थीहरुले खिचेका फोटोहरुबाट उत्कृष्ट फोटो छनौट गरी पुरस्कृत समेत गरिएको थियो । जसमा विपना छन्त्यालको फोटो प्रथम, जुनु पुनमगरको फोटोे द्वितीय र किरण पुनमगरको फोटोे तृतीय भएको थियो ।

त्यसैगरी अनिता पुनमगर, हिरामती घर्तिमगर र चीनमती थापाको फोटोले सान्त्वना पाएको थियो ।

प्रथम, द्वितीय र तृतीय तथा सान्तवना स्थान हाँसिल गर्ने विद्यार्थीहरु तथा तालिममा सहभागी सवै विद्यार्थीहरुलाई स्टेशनरीका सामाग्री प्रदान गरिएको थियो । तालिममा ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ साविक अधिकारीचौरका आधारभूत तह र माध्यमिक तहका १७ जना जनजाति विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रम आदिवासी जनजाति गाउँ समन्वय समिति अधिकारीचौरका अध्यक्ष उमेशकुमार बुढामगरको अध्यक्षता तथा सचिव प्रशान्त घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *