आर्थिक सम्मृद्धि र दिगो बिकासका लागि खोज एबं बिकास पत्रकारिता आवश्यक : पौडेल

कोपिला कंडेल, बागलुङ २०७४ असार ७ । राष्ट्रिय सुचना बिभागको सहयोग, राष्ट्रिय संचार बिकास केन्द्रको आयोजना एबं नेपाल पत्रकार महासघं बागलुङको संयोजनमा बागलुङमा आयोजित पाच दिने पत्रकारिता तालिमको आज समापन भएको छ । सो अवसरमा तालिमका सहभागिलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले तालिमका सिकेका कुरालाई ब्याव्हारमा उतार्न आग्रह गर्दै आर्थिक सम्मृद्धि र दिगो बिकासका लागि खोज एबं बिकास पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्रिय संचार बिकास केन्द्रका कार्यकारी निर्देशक बिष्णु प्रसाद शर्मा पराजुली, आर्थिक अभियान दैनिकका सम्पादक प्रमोद प्रधान, पत्रकार महासघं बागलुङ्ग शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पुर्व अध्यक्ष राम बहादुर जिसी,तालिमका सहभागि प्रकाश छन्त्याल, सरिता खत्री लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सदस्य सृजना पन्तको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो । पाच दिन सम्म संचालित सो तालिमको सहजिकरण राष्ट्रिय सुचना तथा संचार बिकास केन्द्रका कार्यकारी निर्देशक शर्मा पराजुली, आर्थिक अभियानका सम्पादक प्रधान र जिल्ला बिकास समितिका सुचना अधिकारी अखिलनाथ शर्मा लगायतले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *