दलित महिलाव्दारा शिव मन्दिर निर्माण : हुनेखाने दलितले नै दलितलाई पछी पारे-टिपुरे सुनार

बिमल खड्का बुर्तिबाङ २०७४ असार ७ । बडीगाड गाउँपालिका वडा नम्बर ७ साविकको भिमगिठे गाविस ५ मा दलित महिलाहरुको सत्रिmयतामा निर्माण गरिएको शिवालय मन्दिरको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्त्ताहरुले मन्दिर निर्माण मात्र गरेर नभई त्यसको संरक्षणमा पनि लाग्न आग्ह गरेका थिए ।

लक्षितबर्ग बाट छुटिएको ४० हजार र जनश्रमदान गरि कुल ३ लाख ९० हजार लागतमा नव निर्मित मन्दिरको आज औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती, दलित अधिकारकर्मी तथा समाजसेवी टिपुरे सुनारले दलित हक हितका लागी आफु बोल्दै आएको र अझै पनि समाजमा हुने जातिय छुवाछूत अन्त्य नभएकाले सबै दलित एक हुनु पर्नेमा जोड दिए। उनले, हुने खाने दलितले नै दलितलाई पछाडि पारेको बताए ।

सो अबसरमा प्रमुख अथिती लगाएत अन्य अथितीहरुले जम्मा २० हजार ३ सय ६ रुपैया मन्दिरलाई सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका हेमराज चालिसे एमालेका कृष्ण भट्टराई र माओवादी केन्दका डोर बहादुर खड्का लगाएतको उपस्थिति रहेको थियो । कार्यत्रmमा खड्ग जयन्ती युवा क्लबका पुर्व अध्यक्ष चुरा केसी दिनेश शर्मा लगाएले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम शिवको मुर्तिमा प्राण प्रतिष्ठा गरि मन्दिर भित्र राखिएको छ ।

कार्यक्रममा दलित महिला समुहकी अध्यक्ष तुल्सी बिकको अध्यक्षता सदस्य बुद्ध बिकको स्वागत मन्तव्य र पत्रकार विमल खड्काको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *