बुर्तिबाङमा सरोकारवाला निकाय र स्थानीय नागरीक समाजबिच अभिमुखिकरण कार्यक्रम सम्पन्न

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ असार ७ । बुर्तिबाङमा सरोकारवाला निकाय र स्थानीय नागरीक समाजबिच सँमबाद तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको न्यायमा पहुँच बढाऔँ, अधिकार सुनिश्चत गरौँ भन्ने उदेश्य सहित आयोजित कार्यक्रम निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत जिल्ला बिकास सम्मोन्य समितीको सहयोग तथा आमा मिलन केन्द्र, महिला मानब अधिकार रक्षक सञ्जाल र सत्कर्म नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक रेडियो ढोरपाटनको स्थानीय संयोजनमा सञ्चालीत कार्यक्रममा सहभागि बतmाहरुले सँबिधानमा अधिकार र कर्तब्यका बिषय समेटिएपनी कार्यान्यको पाटो फितलो हुँदा अधिकार र कर्तब्य सँगै सँबिधानको पुर्ण ब्यबहारीता हुन नसकेको बताएका हुन् ।

सहभागीले सँबिधान देशको मुल कानुन भएपनी राजनितीको आड, अधिकार सँगै कर्तब्य निर्वाह हुन नसक्नु, कानुनको राज्यपक्षबाट पुर्ण पालन हुन नसक्नु जस्ता कारण जनताले पुर्ण रुपमा लोकतन्त्रको आभास गर्ने अबस्था अझै भईनसकेको बताए् ।

कार्यक्रममा प्रमुख अतिथी साँम्सद छन्तयालले बोल्दै आफुले यस क्षेत्रका नागरीकको हक अधिकार सँगै स्वरोजगार मुलक कार्यक्रमलाई प्राथमिकता दिईरहेको बताउँदै दुई बर्षमा क्षेत्र नँ ३ का २० वटै साविकका गाविसमा महिला, कृषक, एकल महिला बिभिन्न आम समुहका निम्ती बिभिन्न स्वरोजगार मुलक कार्यक्रम समेत गरीएरहेको बताउँदै जनताको अधिकार सँगै सबैक्षेत्रको बिकासमा आफुले हकदम प्रतिबद्ध भएर लागिरहने बताईन् ।

कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पार्दे सत्कर्म नेपालका अध्यक्ष सिताराम थापाले नेपालको सँबिधान अनुसार मानब अधिकारको बिषय जटिल बन्दै गईरहेको अबस्थामा जनतानै स्ययं संयमित बन्दै आफनो अधिकार सँगै नागरीकले पाउने अधिकार , गनुपर्ने कर्तब्यलाई विचार गर्नुपर्ने बताए ।

रेडियो बुर्तिबाङकी झरना कँडेलको स्वागत रहेको कार्यक्रममा ढोरपाटन नगरपालीका वडा नँ १ का अध्यक्ष चित्र भण्डारी , सत्कर्म नेपाल बाग्लु्ङका अध्यक्ष सिताराम थापा, ढोरपाटन नगरपालीका कार्यकारी अधिकृत राम प्रसाद आचार्य, छन्त्याल सँघ केन्द्रिय उपाध्यक्ष पदम छन्त्याल, वडा नागरीक मञ्चका अध्यक्ष गुञज भण्डारी, अल्पकालीन महिला समित्ी सल्लाहकार दुर्गादेवी घर्ति, रेडियो परीवर्तनका सुमन सुनार लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

आयोजित कार्यक्रममा आमा मिलन केन्द्र बागलुङका अध्यक्ष ज्ञानु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पत्रकार छबिलाल पाण्डेले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *