साताको तस्वीर : बागलुङको जनजीवन !

बागलुङ विविधताले भरिपूर्ण जिल्ला हो । यस जिल्लामा बसोवास गर्ने जातजाति र उनिहरुको धमर्, संस्कृति, भेषभूषा, रहनसहन, चाडवाड, संस्कार, चलन आदि सबैको आआफनै महत्व छ । बागलुङ जिल्लाका विभिन्न स्थानहरु पर्यटकीय दृष्टिले अत्यन्तै लोभलाग्दो, चित्ताकर्षक र रमणीय छन । एकै शव्दमा भन्नुपर्दा बागलुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला हो ।

धौलागिरी हिमालको काखमा बागलुङ बजार । तस्वीर- धौलाश्री ।

यत्तिमात्र हो, बागलुङ जिल्लाको प्राकृतिक सम्पदालाई जगजाहेर गर्न सकिएको छैन, समुचित प्रचार प्रसार गर्न सकिएको छैन । भन्न त, धार्मिक, साँस्कृतिक, व्यापारिक, पर्यटन प्रवद्र्धन सबैलाई जोडेर व्यानर राखेर सदरमुकाम देखी गाउँगाउँमा महोत्सवको आयोजना गरिने प्रचलन बढेको छ । तर उद्देश्यको फेहरिस्त लामो भएपनि महोत्सवको अर्थ लोकदोहोरी कलाकारहरुको जमघट र उनिहरुको प्रस्तुति नै देखिएको छ ।

धौलागिरी करिडोरको कुसुने भीरमा नेपाली सेनाले सडक बनाउदै । तस्वीर- किरण आचार्य ।

दृश्यावलोनका लागि शिकार आरक्ष रहेको ढोरपाटन मात्र होईन जिल्लामा यस्ता प्राकृतिक सौन्दर्यले भरिएका थुप्रै रमणीय स्थलहरु छन् जुन ओझेलमा छन्, जस्लाई व्यापक प्रचार प्रसारको खाँचो छ ।


अधिकारीचौर भुजी खोलामा २०७३ साउन १० गतेको भीषण बाढीले पुल बगाएपछी स्थानीयले निर्माण गरेको बाँसको फड्के पुल । तस्वीर- विपना छन्त्याल, कक्षा ८, शिवालय मावि ।

बागलुङ जिल्लाको भूबनावट यस्तो छ जहाँ वन्यजन्तु, खोलानाला, तालतलैया, खेतीपाती, वनस्पति आदिका लागि प्रशिद्धी पाएको छ ।
यहाँ प्रस्तुत छन् सहकर्मीहरुले प्रेषित गरेका बागलुङको चिनारी दिने केहि तस्वीरहरु:

बुर्तिवाङ देखी ढोरपाटन जाने बाटोमा पर्ने रमणीय बोवाङ गाउँ । तस्वीर- अस्मिता कायत, बोवाङ ।


ढोरपाटन माथी लेकमा यार्सागुम्बा टिप्न गएका स्थानीय महिलाहरु । तस्वीर अस्मिता कायत, बोवाङ ।


ताराखोला गाउँपालिकाको पर्यटकीय आकर्षणको केन्द्र दरम खोला किनारको गाईघाट झरना । तस्वीर- दीपा पाण्डे, गल्कोट ।


गल्कोट नगरपालिकाको पाण्डवखानीमा यानीमायाँ गीत प्रस्तुत गर्दै स्थानीय जनजातिहरु । तस्वीर सौजन्य- सुरेश छन्त्याल, पाण्डवखानी ।

डिजिटल केमरामा आफनो तस्वीर हेर्दै देविस्थानका एक व्यक्ति । तस्वीर- किरण आचार्य ।


गल्कोट घुम्टे लेकमा रहेको मन्दिर नजिकै तल रहेको ठुलो शीला (जब्रो) । यसलाई स्थानीयले ‘भीमसेन लौरी’ भनेर चिन्दछन् । तस्वीर- बालकृष्ण सुवेदी, गल्कोट


घट्ट (जाँतो)मा बेसार पिस्दै एक महिला । तस्वीर- सुवास पन्त ।


यो जालपा ताल हो । ढोरपाटन शिकार आरक्षमा बागलुङ जिल्लाको फागुने क्लकमा रहेको जालपा तालको क्षत्रफल १४ हजार ९० मिटर छ । आरक्षको यसै क्लकमा गन्हाउने भूँईफट्टा तालहरुपनि रहेका छन् ।


निसीखोला गाउपालिका, निसीको मसाल गाउँ । तस्वीर- कुम्बिर विश्वकर्मा, निसी ।


निसी खोलाले चिरेको देविस्थान । तस्वीर- लक्ष्मी कुमाल ।


ढोरपाटन उपत्यकाको मनोरम दृश्य । तस्वीर- धौलाश्री ।


तानमा कपडा बुन्दै भकुण्डेकी महिला । तस्वीर- किरण आचार्य ।


अन्नबाली स्याहार्दै ढोरकी एक महिला । तस्वीर- धौलाश्री ।


जैमीनी नगरपालिकाका जनजाति युवाहरु विभिन्न अवसरमा नौमती बाजा बजाएर मनग्गे आम्दानी गर्दै आएका छन् । तस्वीर- किरण आचार्य ।


२०३९ सालमा यस्तो थियो दमेक गाजाको दह । तस्वीर- धौलाश्री ।


बागलुङका गाउँगाउँमा मोटर गुड्न थालेपछी झोलुंगे पुलहरुको मर्मत संभार हुन छोडेको छ । तस्वीर- सुवास पन्त ।


गाउँघरमा पानी पर्दा ओढिने सेउ,(ताराखोला) छाता र प्लाष्टिकको प्रयोगले लुप्तप्राय: अवस्थामा पुगेको छ । तस्वीर- बालकृष्ण सुवेदी ।

***
ठुलो तस्वीरअधिकारीचौर भुजीखोलामा जलारीले माछा मादैँ । तस्वीर- चुनू पुनमगर, कक्षा १०, शिवालय मावि, अधिकारीचौर, ढोरपाटन नगरपालिका ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *