आउदो तीज सम्ममा दुदिलाभाटीमा केन्द्रिय प्रशारण लाईन जोडिने

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असार ७ । गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा केन्द्रिय प्रसारण लाईन बिस्तारको कार्य तिब्र पारिएकोे छ । जिल्ला प्राधिकरण बागलुङले आर्थिक बर्ष २०७२ सालमा बिनियोजन गरेको रकम, साबिक गाबिस परिषदबाट बिनियोजन भएको रकम गरि दुदिलाभाटी बजारको शिवालय मन्दिर सम्म पोल गाड्ने र तार तान्ने कार्य सम्पन्न भएको दुदिलाभाटी केन्द्रिय बिद्युतिकरण उपभोक्ता समितिका सचिव जीवन भण्डारीले बताए । गाबिस परिषदबाट बिनियोजित बजेटबाट पहिलो चरणमा साबिक दुदिलाभाटी गाबिसको वाड नम्बर २, ३, ४ र ९ मा बिद्युत बाल्ने समितिले निर्णय गरेको छ । वाड नम्बर ९ भैसेले स्थानिय लगानि तथा बिभिन्न संघ सस्थाको सहयोगमा आगामि महिलाहरुको महान पर्व हरितालिका तीज सम्म बिद्युत बाल्ने जनाएको छ ।

स्थानिय स्रोतबाट बिद्युत बाल्दै आएका दुदिलाभाटीबासीले आगामि बर्षसम्म २, ३, ४ मा समेत बिद्युत बिस्तार गर्ने समितिले जनाएको छ । गाबिसको वडा नम्बर २ को सबैजसो भागमा यसअधिनै केन्द्रिय बिद्युत पुगेपनि अन्य वडामा पनि स्थानिय उत्पादनाको लाईन बिस्तार भएको छ । केन्द्रिय लाईनको बिस्तार सँगै उद्योग, ब्यापार ब्यवसाय, आधुनिक प्रबिधि सञ्चालनमा सहयोग पुग्ने स्थानियले बिश्वास लिएका छन ।
केन्द्रिय लाईन नहुदा दुदिलाभाटीमा ईमेल, ईन्टरनेट बिस्तार हुन सकेको छैन । बिहान र साँझपख मात्र बिद्युत आउने भएकाले इबागलुङ सँग सम्बन्धित समस्या लिएर नरेठाटी, हटिया धाउनुपर्ने सरस्वती माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक भिम पुनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *