बेलबगरमा फेला परेको शव कुनपा-१ पाङका शिक्षक पौडेलको भएको पहिचान

बागलुङ २०७४ असार ७ । गत असार ४ गते जैमीनी नगरपालिका- ८ बेलबगरमा कालीगण्डकी किनारमा असार ४ गते विहान ९ बजेको समयमा फेला परेको शवको बुधवार पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शव सडेगलेको अवस्थामा रहेको मृतकको पहिचान हुन नसकेको भनी आवश्यक मुचुल्का सहित नजिकै गाडेको जनाएको थियो ।

अहिले सो शव कुस्मा नगरपालिका- १ पाङका शिक्षक नारायण पौडेलको भएको खुल्न आएको हो । शिक्षक पौडेल केहि दिन देखी बेपत्ता भएका थिए । शवको तस्वीर देखेपछी पौडेलकी आमाले छोराले लगाएको बुटिक माला छिद्रा दाँत हातमा बाँदेको डोरो नङ लगाएत बाट चिनेको बताईएको छ ।

मृतक पौडेल कुनपा कटुवाचौतारीस्थित आईबल एकेडेमीमा शिक्षक थिए । उनले विद्यार्थीलाई यातना दिएको भन्दै अभिभावक समक्ष माफी माग्न प्रधानाध्यापकले दबाब दिए देखिनै उनी बेपत्ता बनेको श्रोतले बतायो । उनको हत्या या आत्महत्याबाट मृत्यु भएको हो त्यो खुल्न आएको छैन । उनको शव पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पताल लगिएको छ ।
तस्वीर- केदार शर्मा, जैमीनी बेलबगर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *