साताको तस्बीर : अन्तर्राष्ट्रिय योग दिवस !

बागलुङ २०७४ असार ७ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय सभाहलमा विश्व शान्ति एवं स्वस्थ जीवनका लागि एक दिनको राजयोग एवं हठ योग सम्पन्न भएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको अशान्ति र रोगबाट मुक्त भएर आनन्दमय एवं स्वस्थ जीपनयापन गर्ने उद्देश्यले उक्त राजयोगको कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ब्रह्माकुमारी शान्तिले राजयोगव्दारा मनको शान्ति र हठयोगव्दारा शारीरिक स्वस्थ राम्रो हने तथा मानव जीवनमा यी दुवै योगको आवश्यकता रहेको धारण राखेकी थिईन ।

कार्यक्रममा ४० जनाको सहभागिता रहेको र यस्तै कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय कुस्मा र बेनीमा पनि आयोजना भएको ब्रह्माकुमारी स्मृतिले जानकारी दिईन् ।

यसैवीच आज विहान अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रभातफेरी गरिएको थियो ।

यसैगरी आज ब्रह्मकुमारी ईश्वरीयय विश्व विद्यालय दमौलीमा पनि अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्थानीय कभर्डहलमा योग गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुवँर,पतंली योग समितिका अध्यक्ष तारा प्रसाद घिमिरे,योग प्रशिक्षक रमेश पौडेल,जिल्ला शिक्षा अधिकारी तोप बहादुर घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *