कस्तो होला बागलुङमा यस वर्ष असार १५ गतेको रोपाई महोत्सव ?

बागलुङ २०७४ असार ६ । सरकारले प्रत्यक वर्षको असार १५ गतेलाई धान दिवस तथा रोपाई महोत्सवकोरुपमा मनाउदै आएको छ । बागलुङ जिल्लामा पनि जिल्ला कृषि विकास कार्यालयको तत्वावधानमा रोपाई महोत्सव मनाईदै आएको छ । विगतका वर्षहरुमा मनाईएका रोपाई महोत्सवहरु उपलव्धीमुलक भन्दा अधिकाँश मनोरन्जनात्मक नै रहेका छन् ।

बिगत दुई वर्षका रोपाईँ महोत्सव बानपा ५ काठेखोला पावर हाउन नजिक मनाईयो भने त्यस अघि साविक तित्याङ गाविसमा मनाईएको थियो भने त्यसभन्दा अघि साबिक भकुण्डे गाविस भाटेखोलामा रोपाई महोत्सव भएका थिए । जसमध्य तित्याङमा आयोजित रोपाई महोत्सव सर्वाधिक चर्चामा रहेको थियो । त्यस रोपाई महोत्सवमा प्रमुख अतिथी स्थानीय विकास अधिकारीको अश्लील हर्कतलाई लिएर निकै टीका टिप्पणी भएको थियो भने गत सालको रोपाई महोत्सव पनि मनोरन्जनात्मक रहेको टिप्पणी गरिएको थियो ।

रोपाई महोत्सवलाई अश्लील मनोरन्जनमुखी बनाउन तिर नलागी महोत्सवमा स्थानीय परम्परालाई निरन्तरता दिँदै पर्यटन मैत्री बनाउने तिर आयोजकले सोँच्नु जरुरी देखिन्छ ।

यस वर्ष रोपाई महोत्सव कहाँ कसरी मनाउने कार्यक्रम छ ? भनेर जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दिपेश आचार्यलाई सोधेका थियौ, उनले रोपाईँ महोत्सव मनाउने बताउदै यसका बारेमा निर्णय गर्न बाँकी रहेको जानकारी दिए ।

रोपाईँ महोत्सव पुरुष महिला वीच हिलो छ्यापाछ्याप गर्नकै लागि मात्र नभएर सकारात्मक सन्देश प्रवाह गर्ने खालको हुनु पर्ने धेरैको बुझाई छ । रोपाईका अवसरमा गाईने सुमधुर गीतलाई संरक्षण गर्ने दिशामापनि आयोजकको ध्यान जानु जरुरी छ ।

तस्वीर- किरण आचार्य, फोटो संपादक ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *