ढोनपा सइखोलामा दुई दिने आधारभुत फोटो पत्रकारीता तालिम सुरु

सुमन सुनार, बुर्तिवाङ २०७४ असार ६ । आदिवासी जनजाति गाउँ समन्वय समिति अधिकारीचौरले ढोरपाटन नगरपालिका वडा न.. ५ को सहिखोलामा जनजाति विद्यार्थीका लागि हिजो देखि दुई दिने आधारभुत फोटो पत्रकारीता तालिम सुरु गरेको छ । साविकको अधिकारीचौर गाउँ विकास समितिमा आर्थिक वर्ष २०७३÷०७४ बाट विनियोजन भएको वजेटले उक्त स्थानका आधारभुत तह र माध्यमिक तहका जनजाति विद्यार्थीका लागि उक्त तालिमको सञ्चालन गरिएको हो ।

जनजाति विद्यार्थीको क्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको तालिममा साविकको अधिकारीचौर गाउँ विकास समिति स्तरका विद्यालयका आधारभुत तह र माध्यमिक तहका १७ जना जनजाति विद्यार्थीको सहभागिता रहेको आदिवासी जनजाति गाउँ समन्वय समितिका सचिव प्रशान्त घर्ति मगरले बताए ।

आज सम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष उमेश कुमार बुढा मगरको अध्यक्षता रहेको थियो भने कृषि प्रविधिक महेन्द्र अधिकारी, सिवालय माध्यमिक विद्यालय सहिखोलाका प्रधानाध्यापक देवेन्द्र छन्त्याल, जनचेतना आधारभुत विद्यालय भण्डारी गाँउका शिक्षक ीजवन राना लगायतको विशेष उपस्थीती रहेको थियो ।

उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ६ का अध्यक्ष जीवन कुमार पुन, ढोरपाटन नगर पालिका वडा नं. ५ का अध्यक्ष लक्षमण पुन, सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्ज बुर्तिबाङका स्टेसन म्यानेजर राम सुवेदी, साविक अधिकारीचौर गाँउ विकास समितिका सचिव कमल प्रसाद कँडेल लगायतले फोटो पत्रकारिताका वारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले लक्षित समुदाय आदिवासी जनजातिका लागि गाविस परिषदबाट विनियोजन भएको वजेट सही ठाउँमा सदुपयोग गरि समितिले अत्यन्त राम्रो काम गरेको बताएका थिए ।
अहिलेको युग सूचना र प्रविधिको युग रहेको भन्दै अन्य सञ्चार माध्यमबाट प्रसारण हुने समाचारहरु भन्दा फोटोले समाचारलाई स्पष्ट तथा तथ्यपूर्ण बनाउन प्रमाणको काम गर्ने भन्दै सूचना प्रवाहमा फोटो महत्वपूर्ण रहेको बताएका थिए ।

यस्तै जनजाति विद्यार्थीका लागी सञ्चालन गरिएको उक्त दुई दिने फोटो पत्रकारीता तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । साथै फोटो पत्रकारिता तालिम विरलै हुने भन्दै बक्तहरुले यसलाई प्रयोगमा ल्याउनुपर्ने बताएका थिए ।

उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव प्रशान्त घर्ति मगरले गरेका थिए ।

यस्तै तालिमको अन्तीम दिन अर्थात आज उत्कृष्ट सन्देश मुलक फोटो खिच्ने ३ जना विद्यार्थीलाई पुरस्कृत समेत गरिने समितिका अध्यक्ष उमेश कुमार बुढा मगरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *