यात्रा आफ्नै परिबेसका ३४ औ प्रतिभा बने कवि एबं समालोचक प्रमोद प्रधान

कोपिला कंडेल, बागललुङ २०७४ असार ६ । धौलागिरी साहित्य प्रतिष्ठान बागलुङद्धारा संचालित यात्रा आफ्नै परिवेस को ३४ औ श्रृङ्खला आज एक समारोहका बिच बागलुङमा सम्पन्न भएको छ । कबि लेखकहरुको आफ्नै निवासमा गरिने यो कार्यक्रमको ३४ औ श्रृङ्खलाका रुपमा बिराटनगरका प्रतिभा कबि एबं समालोचक प्रमोद प्रधान रहेका थिए ।

बाल साहित्य मार्फत साहित्य क्षेत्रमा होमिएका प्रधानले हाल सम्म २५ वटा भन्दा बढि बिभिन्न बिधाका कृति प्रकाशित गरिसकेका छन् । आज आयोजित यात्रा आफ्नै परिवेस कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजि रोशनले कवि प्रधानंलाई सम्मान पत्र प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै धौलागिरी साहित्य प्रतिष्ठनका अध्यक्ष काजि रोशनले नेपाली भाषा र साहित्यको क्षेत्रमा कबि एबं समालोचक प्रधानले महत्वपुर्ण योगदान पुर्याएको बताए । कार्यक्रममा कबि एबं समालोचक प्रधानले मलाई एक्लै छाडिदेउ नामक कबिता बाचन गरेका थिए । आर्थिक अभियान दैनिक पत्रिकाका सम्पादक समेत रहेका कबी एबं समालोचक प्रधानले साहित्य समय सापेक्ष हुनुपर्ने भन्दै यस्ताखाले कार्यक्रमले भाषा कला र साहित्यको उजागर हुने बताए ।

सो अवसरमा राष्ट्रिय संचार बिकास केन्द्रका कार्यकारी निर्देशक बिष्णु प्रसाद शर्मा पराजुली, यात्रा आफ्नै परिबेसको तेस्रो श्रृङ्खलाका प्रतिभा गगनलाल शाक्य, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिष, निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, धौलागिरी साहित्य प्रतिष्ठानका सदस्य गुणराज पौडेल, कोपिला कंडेल, गोबिन्द सुबेदी, लगायतले सृजना बाचन गरेका थिए ।

कार्यक्रममा ३४ औ श्रङ्गखलाका कबि एबं समालोचक प्रमोद प्रधानको ब्यक्तित्व बारे राष्ट्रिय संचार बिकास केन्द्रका कार्यकारी निर्देशक बिष्णु प्रसाद शर्मा पराजुलीले प्रकाश पारेका थिए । यात्रा आफुनै परिबेस ३३ औ श्रृङखलाका प्रतिभा धनराज साप्कोटा जिज्ञासुको अध्यक्षता, धौलागिरी साहित्य प्रतिष्ठानका सदस्य गुणराज शर्मा पौडेलको स्वागत मन्तब्य र सदस्य सचिव राम थापा अबिरलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *