बोहोरागाँउमा दुई दिने क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुमन सुनार, बुर्तिवाङ २०७४ असार ६ । निसीखोला गाँउपालिकाको बोहोरागाँउमा महिलाहरुको पहुँचको लागि आइतवार देखि सुरु भएको दुई दिने क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

साँसद निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तरगत ,जिल्ला समन्वय समिती बागलुङ मातहतमा सञ्चालित क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रमको आमा मिलन केन्द्र , महिला मानब अधिकार रक्षक सञ्जाल र सत्कर्म नेपालको सहजीकरण रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सांसद ज्ञानकुमारी छन्त्यालले बोल्दै आफुले सहयोग गरेको बीउ बिजन तथा टनेल द्वारा ताजा तरकारि उत्पादन गरि महिलाहरुको आर्थिक उपार्जन गर्न र समुहले महिलाको एक्यबद्ता सचेतता सहित बिकास र न्यायको अधिकारको लागि अगाडि बढ्न आग्रह गरिन । मानव अधिकारकर्मी सिताराम थापाले महिलाहरु र कृषकहरुको आर्थिक अधिकार प्राप्तमा टेवा पुर्याउन र महिलाको न्यायमा पहुंच अभिबेद्द गर्न यो तालिम र प्रत्यक्ष सहयोग शुरु गरिएको बताए१

महिलाहरुको न्यायमा पहुँच बढाऔँ, अधिकार सुनिश्चत गरौँ भन्ने नारासहित आयोजना गरिएको क्षमता विकास अभिमुखिकरण कार्यक्रममा निसीखोला गाँउपालिका वडा नंं। ३ र ४ का महिलाहरुको सहभागिता रहेको थियो ।

तालिममां आधुनिक कृषि पेशा, पद्धति, उन्नत तरकारि खेति र बेमौसमि तरकारिखेति, समाजमा महिला अधिकार र आर्थिक अधिकार, महिलाको घरेलु हिंसामां महिलाका प्राबधान, संबैधानिक हक र महिलाको ब्वस्था अनुरुप न्यायमा पहुंच र भुमिका लषायतको बिषय बस्तुमाथि प्रशिक्षक व्दय, सितारामम थापा र ज्ञानु थापा मगरले तालिमको सहजिकरण गरेका थिए।

दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा करिव १ सय ५० जना महिलाहरुको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा महिलाहरुको सामाजिक परिचालन क्षमता बिकास , महिला सशतिmकरण, सहकारी क्षेत्रमा महिलाको अबस्था र सहकारी क्षेत्रबाट आय आर्जन मुलक कार्यक्रमको विषयमा बुर्तिबाङ महिला बिकास समिती उपाध्यक्ष गण्डकी थापा अधिकारीले प्रशिक्षण दिएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *