प्रतिवन्धित लागु ओषध सहित एक युवक पक्राउ

बागलुङ २०७४ असार ५ । बागलुङ नगरपालिकाा २ पुरानो वकिल कार्यालय पछाडीको गल्लीमा शंकाष्पद रुपमा हिँडिरहेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बानपा १ भगवती टोल बस्ने वर्ष २७ को नवीन बस्नेतलाई प्रहरीले खानतलासी गर्दा निजको साथबाट 2ml डाईजेपाम ३ एम्पुल, फेनार्गन ३ एम्पुल र नुफिन ३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बस्नेतलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैवीच जैमिनी नगरपालिका बेलबगर कालीगण्डकी किनारमा एक अपरिचि युवकको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ३५ वर्षको निज युवकको शव सडेगलेको अवस्थामा रहेकोले मुचुल्का उठाई त्यहिँ गाडिएको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *