लोक दोहोरी गायक विष्णु खत्रीको पञ्चेबाजामा आधारित गीत ‘धौलागिरीको…’ बजारमा

थम्मन थापा सन्देश, गल्कोट २०७४ असार ५ । लोक दोहोरीको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल गायक विष्णु खत्रीको मौलिक पञ्चेबाजामा आधारित गीत धौलागिरीको बजारमा आएको छ । बागलुङको गलकोट नगरपालिका- ७ मल्ममा जन्मेका गायक खत्री विसं २०५७ सालमा सिसा टल्केको एल्वमबाट कलाकारिता यात्रा प्रारम्भ गरेका थिए ।

खत्रीले आफनो सांगितिक यात्राको क्रममा थुप्रै गीतहरु आम श्रोता तथा दर्शक माझ ल्याएका छन । उनले नक्कल पारेर, गंगा जमुना, जम्मु काश्मिरमा, नयॉ जमाना, अन्तरजातिय विवाह, दुना टपरी, धरोधर्म सत्य, घाम भन्दा नि जुनको, पानी ईनारमा, भरिया दाई, किसानी दाई, दशैं तिहार सॅगै मनाउॅला, दशैं तिहार आउॅदा, फूलफूलमा भमरा झैं, घर त बागलुङ गलकोट तिर हो लगायतका धेरै गीतहरु बजारमा ल्याई सकेका छन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व महासचिव समेत रहेका खत्रीले माया प्रेममा आधारित पञ्चेबाजाको गीती एल्वम धौलागिरीकोमा लय शब्द विष्णु खत्रीको रहेको छ भनें स्वर विष्णु खत्री र जुना श्रीसको रहेको छ । सुमधुर क्रियसन प्रालि मार्फत बजारमा आएको यस गीतमा गलकोटे प्रतिभा कुलबिर थापा र सिर्जना क्षेत्रीको अभिनय रहेको छ । गायक विष्णु खत्री र हस्त केसीले निर्देशन गरेको यस गीतको भिडियोलाई थप प्रभावकारी बनाउॅदै गाउॅले परिवेशमा मौलिकता झल्काउन बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा छायाङकन गरिएको थियो ।

स्थानिय नौमति बाजा संरक्षण समिति मल्मले पञ्चेबाजा र घुम्टे प्रगति कृषि समुह, मुलपानी सप्ताहघाट महिला कृषक समुह र मिलिजुली समुहले व्यवस्थापनमा सहयोग गरेका छन । गीतमा साथीको विवाहमा गएका लोकन्ते केटा र माईती पक्षकी दुलहीको लोकन्ते केटी बिच एक आपसमा मन पराई माया बसेको कुरा झल्काईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *