नवप्रतिभा साकोस नवलपरासी र सिवाईसी साकोस बागलुङ बिच अन्तरक्रिया सम्पन्न

सुमन जि.सी. बागलुङ, २०७४ असार ५ । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासी र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ बिच संस्थाले सञ्चालन गरेका गतिविधिहरुको बारेमा मङ्गलबार बागलुङ बजारमा एक आपासमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

देशमा रहेका उत्कृष्ठ सहकारी संस्थाहरुको स्थलगत अध्ययन तथा अवलोकन गरी उनीहरुले सञ्चालन गरेका सिर्जनशिल तथा नविन्तम नीति, विधि, प्रविधि र कार्यक्रमहरुलाई आफ्नो संस्थामा समय सापेक्ष लागु गर्ने उद्देश्यले भ्रमण कार्यक्रमको आयोजना गरेको नवप्रतिभा साकोस नवलपरासीका प्रवन्धक दिलकुमारी महतोले बताईन ।

भ्रमणको आशा अपेक्षाको बारेमा जानकारी गराउँदै महतोले सिवाईसीले छोटो समयमा गरेको प्रगतीहरु देशभरमा निकै चर्चामा रहेको भन्दै संस्था सञ्चालन प्रकृया र सञ्चालन गरेका गतीविधिहरुका बारेमा जान्ने अपेक्षा रहेको बताईन ।

अन्तरकृया कार्यक्रममा सिवाईसी साकोसले छोटो समयमा हाँसील गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया, संस्थाले सञ्चालन गरिरहेको फरक तथा नौला गतीविधिहरु र बागलुङको सहकारी अभियानको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, र सञ्चालन प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *