महावीर पुनले भने- ‘देशको आर्थिक सम्बृद्धिका लागि राष्ट्रिय आविष्कार केन्द्र !’

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ असार ५ । बागलुङमा सोमबार महावीर पुनलाई हाम्रो साथ अभियानको उद्घाटन गरिएको छ । राष्टिय आविष्कार केन्द्रका अभियन्ता डा महावीर पुनले सहयोग कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय आविष्कार केन्द्र देशको आर्थिक सम्बृद्धिगर्नका लागि भएको बताए ।

आविष्कार केन्द्रकालागि जनताले ३ वस्तुको दान दिने बताउदै पहिलो बुद्धि दान दोश्रो आर्थिक दान र तेश्रो समय दान दिन अनुरोध गर्दै अभियन्ता पुनले हङकङ, अस्ट्रेलिया लगायतका देशहरुले यस अभियानलाई नेपालीहरु चलाईराखेको बताए।

उनले अनुसन्धान र विकासको प्रतिफल लामो समयमा आउने भन्दै हरेक देशमा सरकारले कम्तिमा पनि कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत रकम आविष्कार केन्द्रमा दिनु पर्ने बताए ।

उनले ४ बर्ष पहिले देखि नेपाल सरकारका मन्त्रीहरुले मिठो कुरा गरेर भुलाएको स्मरण गर्दै सरकारसँग मिलेर काम गर्ने र देशले यसको महत्त्व बुझेपछि राष्ट्रलाई हस्तान्तरण गर्ने बताए ।

डा पुनले भने जापान ,अमेरिका ,कोरिया लगायतका विभिन्न देशमा ५० बर्ष पहिले आविष्कार केन्द्र खोलेर देश बिकासमा पुगेको खुलासा समेत गरे ।
कार्यक्रममा समाजसेवी लक्ष्मण श्रीले मन्तव्य सहित ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको स्वागत र सोम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *