गण्डकी मेडिकल कलेजले पत्रकार महासंघमा आवद्ध पत्रकारको लागि उपचारमा विशेष छुट

कविता घर्तीमगर, पोखरा २०७४ असार ५ । ल पोखराको पृथ्बीचोक स्थित गण्डकी मेडिकल कलेजले पत्रकारको उपचारका लागि विशेष छुट दिने भएको छ ।

गण्डकी मेडिकल कलेज र नेपाल पत्रकार महासंघ कास्कीविच पत्रकार महासंघमा आवद्ध पत्रकारको लागि उपचारमा विशेष छुटका लागी गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनाल र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार अस्पतालको विभिन्न सेवामा पत्रकारका लागि ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट दिइनेछ । सम्झौता अनुसार ल्याव टेष्टमा २५ प्रतिशत, भिडियो एक्स रे र एक्सरेमा २० प्रतिशत , ओटी चार्जमा २० प्रतिशत, जेनरल बेड निशुल्क, फार्मेसीमा ५ प्रतिशत , ओपिडी र इमर्जेन्सी टिकटमा ५० प्रतिशत, डेन्टल चार्जमा ५ प्रतिशत, क्याविन बेड चार्जमा ५० प्रतिशत , सिटी , एमआरआईमा ५ प्रतिशत र इसिजी, इन्डोस्कोपी, क्लोनोस्कोपी र इकोमा ५ प्रतिशत छुट दिइने उल्लेख छ । छुट लिनको लागि पत्रकार महासंघको परिचयपत्र अनिवार्य हुने सम्झौतामा उल्लेख छ । पत्रकारले सम्झौता भएको २०७४ असार ४ गते देखि २०७५ असार ३ गतेसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौता समाप्त भएपछि दुबै संस्थाको नियम अनुसार सहमतिमा नविकरण गर्न सकिने उल्लेख गरिएको छ । सम्झौता अनुसार पत्रकारलाई दिने छुट प्याकेज उपलब्ध गराउने सम्बन्धमा अस्पतालले छुट्टै सफ्टवयर तयार गर्ने तथा अस्पतालका सबै कर्मचारीलाई सम्झौता वारे जानकारी गराइ सहज सेवा प्राप्त गर्ने वाताबरण बनाउने प्रमुख कार्यकारी अधिकृत खनालले बताए । उपचारका लागी पत्रकार महासंघको परिचयपत्र अनिवार्य हुनपर्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *