मुसिकोट नगरपालिकाको मेयरमा ५ जनाको उम्मेद्वारी

अनिश शर्मा गैरे, गुल्मी २०७४ असार ४ । मुसीकोट नगरपालीकामा बिभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन । निर्वाचन आयोगले मनोनयन दर्ताको लागि आजको मिति तोके अनुसार मुसीकोटमा सक्रिय बिभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराएका हुन । मेयर, उपमेयर, वडाअध्यक्ष, वडा सदस्यहरुमा उम्मेद्वारी दर्ता भएका छन । मुसीकोट नगरपालीकाका निर्वाचन अधिकृत घनश्याम न्यौपानेका अनुसार मुसीकोटमा नेपाली काँग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा र एकजनाले स्वतन्त्रमा उम्मेद्वारी दिएका हुन ।

मुसीकोटको मेयरमा नपाली काँग्रेसबाट कृष्णहरी सापकोटा, उपमेयर बिष्णु सापकोटा, नेकपा एमालेबाट मेयरमा सोमनाथ सापकोटा, उपमेयर कमला शर्मा, नेकपा माओबादी केन्द्रबाट मेयरमा खुम बहादुर थापा, उपमेयरमा हुमकला खराल, राप्रपाबाट गोबिन्द नेपाली खाती क्षेत्री तथा स्वतन्त्रमा माधब प्रसाद खरेलको उम्मेद्वारी दर्ता भएको हो ।

त्यसैगरी वडा अध्यक्षमा ३४ जना, महिला सदस्यमा २६ जना, दलित महिला सदस्यमा २६ जना, खुल्ला सदस्यहरुमा ५४ जनाले आज मनोनयन दर्ता गराएका छन । यसैबिच मनोनयन दर्ताको क्रम जारी रहेको निर्वाचन अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।
मनोनयन दर्ता कार्यक्रममा जनताहरुको ब्यापक उपस्थिती रहेको थियो । दुइ मुख्य काँग्रेस र एमालेका कार्यकताहरुले शक्ति प्रदर्शन गरेका थिए ।
दुइ दलहरुद्धारा शक्ति प्रदर्शन

दोस्रो चरणमा असार १४ गते हुने स्थानिय निर्वाचनको मनोनयन दर्ताको पहिलो दिन नै आज गुल्मी जिल्लाको मुसीकोट नगरपालीकामा दुई ठुला राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमालेले शक्ति प्रदर्शन गरेका छन ।
मुसिकोट नगरपालिकामा शक्ति प्रदर्शन सहित मनोनयन दर्ता गर्न जाँदै गरेका कांग्रेस कार्यकर्ताहरुको जुलुश भित्र छिरेर नेकपा एमालेका कार्यर्ताहरुले चुनौती दिई रहेका थिए ।
दुइ दल सँगै माओबादी केन्द्र समेतका कार्यकर्ताहरुले आफ्ना चुनावी गीतहरुमा नाँचगान समेत गरेका छन ।

गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता

दोस्रो चरण अन्तर्गत असार १४ गते हुने स्थानीय तह चुनावका लागि आइतबार विहानैदेखि गुल्मीमा दलहरुले उत्साहपूर्वक आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका छन ।
जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि उम्मेदवारहरु मनोनयनका लागि तामझामका साथ निर्वाचन कार्यालयमा पुगेका थिए ।
गुल्मीमा प्रमुख पदमा ८ जनाको स्वतन्त्र उम्मेदवारी

दोस्रो चरणमा असार १४ गते हुने स्थानीय चुनावका लागि आइतवार गुल्मीमा ८ जनाले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा ८ जनाको प्रमुखमा उम्मेदवारी परेको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा सबैभन्दा धेरै मेयर पदमा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अजय पन्थी, नन्दराम राना र नित्यानन्द पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ । यस्तै मुसीकोट नगरपालीकाको मेयरमा माधब खरेलले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै गाउँपालिकाको अध्यक्षमा ४ ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धुर्कोट गाउँपालिका शान्तबहादुर केसी, गुल्मी दरवारमा पदम बहादुर घर्ती, रुरु गाउँपालिका शम्भु गौतम र कालिगण्डकीमा रेशमराज न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *