एसइइ परीक्षा : पर्वतमा नीजि भन्दा सामुदायिक विद्यालयनै उत्कृष्ट

महेन्द्र केसी, पर्वत २०७४ असार ४ । एसइइ परीक्षा २०७३ को नतिजा सार्वजनिक भएसँगै जिल्लामा कुन चाहि विद्यालयले उत्कृष्टता हासिल गरेको छ भनी सवाल र चासो उठ्ने गर्दछ । यसपाली एसइइ परीक्षामा विद्यार्थी सामेल गराउने सामुदायिक विद्यालयहरुमध्ये नवजागृत मावि तिलाहारले जिल्लामै उत्कृष्ट नतिजा ल्याई पहिलो भएको छ भने संस्थागत विद्यालयहरुमध्ये आदर्श आवासीय मावि पहिलोमा गनिएको छ ।

नवजागृत मावि तिलाहार र आदर्श आवासीय मावि कुश्माबाट परीक्षा दिने विद्यार्थीहरुले जिल्लामै राम्रो अंक सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । नवजागृत माविले आदर्श आवासीय मावि र नमूना आवासीय माविलाई बाहेक अन्य नीजि विद्यालयहरुलाई समेत नतिजामा उछिनेको हो ।
नवजागृत माविबाट यसपाली एसइइमा ६६ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुलाई शतप्रतिशत पास गराउन विद्यालय सफल भएको छ । सो विद्यालयका विद्यार्थी विनु लामिछानेले ३.९ जिपिए ल्याएकी छन् भने १४ जना विद्यार्थीहरु ए प्लस, १९ जनाले ए ग्रेड र २६ जनाले वी प्लस साथै १८ जनाले वी गे्रड हासिल गरेका छन् ।

सदरमुकामभन्दा टाढा रहेको यो विद्यालयले विगत केही वर्षदेखि अंगे्रजी माध्यममा विद्यार्थीहरुलाई पठनपाठन गराउदै आएको छ । जिल्लामा ३.९ जिपिए प्राप्त गर्नेमा आदर्श आवासीय माविबाट ३ जना विद्यार्थीहरु कविता शर्मा, विकास कुमार शाह र सोनिसा थापा छन् भने नमूना आवासीय माविबाट २ जना विद्यार्थीहरु अरविन्द पौडेल र अनिल तिवारी छन् त्यसैगरी सप्त चिन्तन आवासीय मावि हुवासका एक विद्यार्थी समेत छन् । जिल्लामै पहिलो नंम्वरमा आएको संस्थागततर्फको विद्यालय आदर्श आवासीय माविका चार जना विद्यार्थीहरु हनि शर्मा, निरुता पौडेल, किरण दर्जी, सुस्मा रेग्मीले ३.८ जीपिए प्राप्त गरेका छन् । सोही विद्यालयका ३ जना विद्यार्थीले ३.७५ र ३ जनाले ३.७० जिपिए । बाँकी विद्यार्थीहरुको नतिजा ए प्लसमा १७ जना, ए गे्रडमा १८ जना र बाँकीको बी प्लस छ । सामुदायिक विद्यालयतर्फ उत्कृष्टतामा दोस्रो स्थान सदरमुकाम कुश्माको नारायण माविले प्राप्त गरेको छ । यस विद्यालयबाट परीक्षामा ९८ जना विद्यार्थी सहभागी भएकोमा ५ जना विद्यार्थीले ए प्लस र ९ जना विद्यार्थीले ए गे्रड हासिल गरेका छन् । त्यसैगरी २० जनाले वी प्लस, २६ जनाले सी प्लस, २३ जनाले सी र ६ जनाले डी प्लस ल्याएका छन् ।

संस्थागत तर्फको दोस्रो विद्यालय नमूना आवासीय माविबाट यसपाली ४६ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । परीक्षामा सामेलमध्ये ६ जना विद्यार्थीले ३.८५ जिपिए, ६ जनाले ३.८० जिपिए, १९ जनाले ३.७५ जिपिए, ६ जनाले ३.७० जिपिए, ४ जनाले ३.५० देखि ३.२० जिपिए हासिल गरेका छन् । सदरमुकाममै संचालनमा रहेका संस्थागत विद्यालयहरुमध्ये कालीगण्डकी एकेडेमीबाट एसइइमा ३१ जना विद्यार्थीहरु सहभागी भएकोमा ९ जना विद्यार्थीहरुले ए प्लस गे्रड ल्याएका छन् । यसमा सृष्टि श्रेष्ठले ३.८० जिपिए ल्याएकी छन् भने शिशिर श्रेष्ठ र अस्मि शर्माले ३.७५ जिपिए प्राप्त गरेका छन् । त्यसैगरी १७ जना विद्यार्थीहरुले ए ग्रेड, ५ जना वी प्लस ग्रेडमा पास छन् ।

देउपुर नमूना आवासीय मावि पातीचौरले ३० जना विद्यार्थीलाई परीक्षामा सामेल गराएमध्ये विद्यार्थीहरु अम्मर विक्रम खड्का र रोसन चापागाईले ३.८० जिपिए ल्याएका छन् भने २२ जना ए प्लस र ७ जना ए ग्रेड साथै १ जना वी प्लस ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ । पर्वत गुरुकुल एकेडेमीबाट यसपाली एसइइ परीक्षामा ३४ जना विद्यार्थीले परीक्षा दिएकोमा १९ जना विद्यार्थी ए प्लस गे्रड ल्याउन सफल भएको जनाइएको छ । यस विद्यालयबाट ए प्लस गे्रड ल्याउने विद्यार्थीमध्ये सवैभन्दा बढी विमल केसीले ३.८० जीपिए ल्याएका छन् भने सृजना गिरीले ३.७५ जिपिए ल्याएकी छन् । ए गे्रड ल्याउने विद्यार्थीहरुमा ११ जना र वी प्लस ल्याई पास हुनेमा ४ जना छन् । सदरमुकाममै रहेको शिवालय माविले ए प्लस गे्रडमा एक जना विद्यार्थी मात्र पास गराउन सफल भएको छ ।

यसपालीको एसइइ परीक्षामा जिल्लाबाट ३१ सय विद्यार्थीहरु नियमिततर्फबाट सहभागी थिए भने ४५० जना एक्जाम्टेडबाट सहभागी रहेको जिल्ला शिक्षा कार्यालयका कर्मचारी उद्धिमराज पौडेलले बताए । जिल्लामा ७८ वटा सामुदायिक विद्यालयहरुले परीक्षामा विद्यार्थी सामेल गराएका थिए भने संस्थागतमा १३ वटा र खुला विद्यालय १ साथै प्राविधिक १ छन् । जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्न र शतप्रतिशत विद्यार्थीलाई उत्तिर्ण गराउन नीजि विद्यालयहरु सफल भए पनि सामुदायिक विद्यालयहरु भने अधिकांश कमजोर देखिन्छन् । परीक्षामा ए प्लस नतिजा ल्याउने विद्यार्थीहरु अधिकांश नीजि विद्यालयहरुबाट नै छन् भने सरकारी विद्यालयबाट भने अहिलेसम्म बुझ्न आएकोमा जम्मा २१ जना छन् । यीमध्ये पनि १४ जना नवजागृत माविबाट मात्र छन् । जिल्ला शिक्षा कार्यालयका प्रमुख रमेशराज पौडेललाई सामुदायिक विद्यालयको नतिजा किन कमजोर भन्ने सवाल राख्दा उनले चपाएर यसरी जवाफ दिए–‘अंग्रेजी माध्यममा पढाइ हुने सामुदायिक विद्यालयहरुमा नतिजा राम्रो आएको पाइन्छ ।

अघिल्ला वर्षहरुको भन्दा यसपालीको नतिजा सन्तोषजनक छ ।’ संस्थागत विद्यालयहरुमध्ये आदर्श आवासीय माविका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्री र कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कर्माचार्यसँग संस्थागत विद्यालयले ल्याउने राम्रो नतिजाको कारण जान्न खोज्दा जवाफ एउटै जस्तो थियो । उनीहरुले भने–‘शिक्षकहरुको समर्पण, मिहिनेत, टिम वर्क लगायतकै कुराहरु नै परीक्षामा राम्रो नतिजा आउनुका कारणहरु हुन् ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *