बनस्पतिको स्वामित्व स्थानीय तहमा हुनु पर्ने माग

विजय राना, बागलुङ २०७४ असार ४ । बनस्पति सम्बन्धी स्वामित्व स्थानीय तहमा हुनु पर्नेमा शनिबार बागलुङमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभगीले जोड दिएका छन् ।

नागरिक सम्वाद केन्द्र बागलुङले आयोजना गरेको बनस्पति सम्बन्धी बनेको विधेयक विषयक छलफल कार्यक्रमका सहभागीले हालै बनेको बिद्येयकमा बनस्पतिको स्वामित्व संघमा रहेको भन्दै त्यसलाई परिवर्तन गरि स्थानीय तहमा हुनु पर्नेमा जोड दिएका थिए ।

सहभागिले नेपालका जंगलहरुमा महङ्गा मुल्यका बनस्पति रहेको भन्दै त्यसको प्रभावकारी प्रयोग हुने गरि कानुन बनाउनु पर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा व्यवस्थापिका संसदका सह–सचिव जीवराज बुढाथोकीले बनस्पति सम्बन्धी बनेको विधेयकको बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला वन कार्यालयका वन वन अधिकृत बिन्दु मिश्र, अधिवक्ता बद्रीप्रसाद उपाध्याय, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष प्रेम लामिछाने, भीमापोखरा युवा क्लवका कार्यवाहक अध्यक्ष मणिभद्र न्युरे लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रमको सञ्चालन नागरिक सम्वाद केन्द्रका राम शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *