जेष्ठ शेयर सदस्यहरुका लागि सिवाईसीव्दारा म्याग्दीको १ दिने तीर्थाटन

बागलुङ २०७४ असार ४ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका ६० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यहरुका लागि १ दिने तीर्थ भ्रमण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

बागलुङ बजारबाट सुरुवात भएको तिर्थ भ्रमण विशेष गरेर म्याग्दी जिल्लाको सिंगा तातोपानी कुण्ड, महारानी थान, गलेश्वर धाम, बेनी बजार स्थित शिवालय मन्दिर र रत्नेचौर स्थित लक्ष्मी श्रीहरि मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान सप्ताहमा सहभागि हुदै सम्पन्न भएको थियो ।

सहकारी मार्फत आन्तरीक प्रर्यटन प्रवद्र्धनका साथ साथै समाजमा गुम्दै गईरहेको सामाजिक पुँजीलाई जर्गेना गरी जेष्ठ नागरिकहरुको सम्मान गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले भ्रमण कार्यक्रमको आयोजना गरिएको थियो ।

तिर्थ भ्रमण कार्यक्रमको सुरुवात पुर्व संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले भ्रमण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए भने भ्रमण कार्यक्रमको नेतृत्व संस्थाका जेष्ठ नागरिक उपसमितिका संयोजक देववहादुर श्रेष्ठले गरेका थिए । भ्रमण कार्यक्रमका अवसरमा सहभागिहरुलाई गलेश्वर धामको धार्मिक तथा ऐतीहाँसीक पक्षको बारेमा जानकारी गलेश्वर धाम क्षेत्र विकास समितिका अध्यक्ष रुद्रवहादुर कार्कीले गराएका थिए । तिर्थ भ्रमण कार्यक्रममा जेष्ठ नागरिक शेयर सदस्यहरुको हेरचाहा तथा व्यवस्थापन सञ्चालक सदस्य नारायण शर्मा , कृष्ण शर्मा र प्रवन्धक नवराज शर्माले गरेका थिए ।

तिर्थ भ्रमण कार्यक्रममा २५ जना जेष्ठ नागरिक शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सिवाईसी साकोसले सहकारीको सात सिद्धान्त मध्येको समुदाय प्रतीको चाँसोलाई आत्मसाथ गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान, जेष्ठ नागरिक पेन्सन सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, जेष्ठ नागरिक बचत खाता र प्रत्येक वर्ष तिर्थ भ्रमण लगाएतका कार्यक्रम तथा सुविधाहरु उपलब्ध गराउदै आईरहेको संस्थाका प्रवन्धक शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *